पूर्वाधार आयोजनाको काम समयमै सम्पन्न नगर्ने २० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमनको कालोसूचीमा
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १२:२:५८
१६ असोज, काठमाडौं । सरकारले समयमा काम सम्पन्न नगरी योजनाको समय लम्याउने काम गरेको भन्दै २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई मंगलबार कालोसूचीमा राखेको हो ।
विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ । उनीहरुले समयमा काम नगरी पूर्वाधार निर्माणमा असहयोग गरेकको कार्यालयले जनाएको छ ।
खरिद अनुगमन कार्यालयका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतको सिफारिसमा ग्रीन वल्र्ड कन्ट्रक्सन र जयस कन्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । थलारा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खोली, बझाङको सिफारिसमा सैपाल अटोमोबाइल्स प्रा.लिलाई एक वर्षको लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण कम्पनीको मुख्य व्यक्ति ज्ञानेन्द्र साउँद हुन् ।
कार्यालयले सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, कास्कीको सिफारिसमा एम एस एसियन कन्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय, सडक सुधार तथा विकास योजना कार्यालय, चरीकोट, दोलखाको सिफारिसमा शकील हैदर–शंकर माली निर्माण सेवालाई ३ वर्षको लागि कालोसूचीमा राखेको छ ।
यस्ैगरी कार्यालयले भुल्लु गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सल्ले भुम्लु, काभ्रेपलाञ्चोकको सिफारिसमा सुरेन्द्र तामाङ सञ्चालक रहेको गौरती भिमसेन निर्माण सेवालाई एक वर्षको लागि कालोसूचीमा राखेको छ । सडक डिभिजन, इलामको सिफारिसमा मुख्य व्यक्ति अईन्द्र कुमार थापा रहेको एभ्रिथिङ सोलुसन कन्ट्रक्सनलाई १ वर्षका लागि कार्यालयले कालोसूचीमा राखेको छ ।
शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको सिफारिसमा रुपन्देही बिल्डर्स एण्ड कन्स्ट्रक्सन एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ भने यातायात पूर्वाधार निर्देशनालय, सडक पूर्वाधार विकास कार्यालयको सिफारिसमा .ई.भू. निर्माण सेव एक वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ । इको भिजिनरी प्रा.लि. र महेन्द्र निर्माण सेवा गरी २० निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरु अरु कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् ।
भरतपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, भरतपुरको काम अलपत्र पार्ने शिवालय बिल्डर्स र कश्यप निर्माण सेवा एण्ड सप्लायर्सलाई हेटौँडालाई दुई वर्षका लागि, सडक डिभिजन भक्तपुरको सिफारिसमा काइ्वाईबा एण्ड लामा्मा जानकी जे.भीलाई दुई वर्ष, पूर्वाधार विकास कार्यालयको सिफारिसमा नागार्जुन–शंकरमाली जे.भी. लाई दुई वर्ष र भरतपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयको सिफारिसमा शिवालय बिल्डर्स, हेटौँडालाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
कात्तिक २९, २०८१ बिहिबार
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार