महिलाको सामूहिक प्रयासमा ‘पाहाँ छें’ सञ्चालन
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १२:५:५७
१६ असोज, धुलिखेल । बिस्तारै बजार सुनसान हुँदै जाने र आर्थिक हिसाबमा सुधार गर्न आवश्यक देखिएपछि यहाँका महिलाहरूको सामूहिक प्रयासमा नेवारी परिकारको स्वाद लिन पाउने गरी पाहुना खाजा घर सञ्चालनमा ल्याएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पुरानो बजारका विभिन्न पेसा व्यवसायमा आबद्ध महिलाहरूले सामूहिक रुपमा ‘पाहाँ छें’ नेवारी खाजा अर्थात् पाहुना खाजा घर सञ्चालनमा ल्याएका हुन् ।
लोप हुँदै गएको नेवारी परिकार तखाला (छाला र हड्डीसहितको मासुलाई गालेर पकाएको थलथली), योमरी र सांगाख्वा विशेष खाजाको परिकारको स्वाद लिन पाइन्छ । एकातिर बजार क्षेत्र सुनसान बन्दै गएको र अर्कोतिर घरमा बिहान–बेलुकाको काम सकेपछि फुर्सदमा रहेका कारण आफूहरूले आम्दानीको नयाँ आधार खोज्ने क्रममा पाहाँ छें सञ्चालन गरेको उनीहरू बताउँछन् । “बजारमा थप चहलपहल बढाउन र दिनभरिको समयलाई सदुपयोग गर्दा आम्दानी पनि हुने भएकाले सामूहिक रुपमा पाहुना खाजा घर सञ्चालनमा ल्याएका हौँ”, पनौती नगरपालिका–७ का सुनिता श्रेष्ठले भनिन् ।
नेवारी परिकार बारा, योमरी, चटामरी लगायतका सबै प्रकारका खाजाको परिकार एकै ठाउँमा पाउने गरी खाजा घर सञ्चालनमा ल्याएको उनले बताइन् । उनले भनिन्, “अब पनौतीको खाजाको परिकार के हो ? हामी यहाँबाट देखाउने छौँ ।” खाजा घरमा विशेषगरी तखाला, योमरी र सांगाख्वा यहाँको विशेष खाजा सेट रहेको छ । नेवारी समुदायको भोजमा प्रयोग हुने खाजाको एउटा महत्वपूर्ण परिकार जुन पकाउनका लागि धेरै समय र गाह्रो हुने भएकाले लोप हुँदै गएको अवस्थामा त्यसको संरक्षण गर्ने गरी पाहाँ छेंमा आउने पाहुनाले स्वाद लिन पाउने उनीहरूको भनाइ छ ।
गुठी भोजमा अनिवार्य रुपमा हुने गरेकामा पछिल्लो समय लोप भइसकेको अवस्थामा त्यसको प्रयोगलाई स्थापित गर्नका लागि विशेषगरी तखालालाई परिकारको आकर्षकका रुपमा राखेको अर्का सञ्चालक रीता श्रेष्ठले बताइन् । विभिन्न आकृतिहरूको चित्रहरू कोर्ने कामको प्रशिक्षकसमेत रहेकी उनले सामूहिक रुपमा सञ्चालन गरेको खाजा घरमा समेत सक्रिय भएकी छन् ।
अर्का सञ्चालक अम्बिका रघुश्रेष्ठ बुटिक कामको अलावा सञ्चालनमा आएको खाजा घरमा पनि संलग्न रहेकी छन् । ब्युटीपार्लर व्यवसायी रमा कर्माचार्य पनि त्यसको अलावा खाजा घरमा संलग्न भएर काम गरेकी छन् । नेवारी खाजाको प्रचारप्रसार गर्नाका साथै पनौती बजारमा आउने पाहुनालाई नेवारी परिकारको रैथाने स्वाद चखाउनका लागि यो व्यवसाय रोजेको कर्माचार्य बताउँछिन् । व्यवस्थापन र सञ्चालनमा आफूहरू नै खटिरहेको उनीहरूले अर्को एक जनालाई रोजगारीसमेत दिएका छन्।
पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि सञ्चालनमा ल्याएको पाहुना घरमा हरेक दिन भिन्न प्रकारको परिकार उपलब्ध गराउँदै आकर्षणको थलो बनेकाले यसमा केन्द्रले आवश्यक सहयोग गरेको बताए । केन्द्रको सहकार्यमा चार जना सञ्चालकको रु पाँच लाखका दरले लगानी रहेको छ ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पुरानो परिकारलाई प्रोत्साहन हुने किसिमबाट गर्ने व्यावसायिक कार्यमा नगरपालिकको तर्फबाट सहयोग रहने बताए । नगरभित्र सञ्चालन हुने उद्योग व्यवसायमा पनि आफ्नो मौलिक प्रकारको व्यवसायलाई स्थापित गर्नेलाई नगरपालिकाको सहयोग गर्ने नीति रहेको छ उनले भने । यसअघि पनौती नगरपालिका–७ पुरानो बजारमा नै महिलाहरूको सामूहिक प्रयासमा पन्ति कौला छें सञ्चालन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार
नेपाल पर्यटन बोर्डमा पहिलोपटक सेलरोटी पकवान प्रतियोगिता
कात्तिक १६, २०८१ शुक्रबार
रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै
कात्तिक १६, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
कात्तिक १८, २०८१ आइतबार
सुरुभयो २०८१ सालको भाइटीका, दिनभर दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन मिल्ने
कात्तिक १८, २०८१ आइतबार
प्लेट सेमिफाइनलमा ५ विकेटले युएईसँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार वार्षिक कार्यक्रममा छोटो समयका लागि पुनर्मिलन
कात्तिक १८, २०८१ आइतबार
वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक
कात्तिक १८, २०८१ आइतबार
पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी
कात्तिक १८, २०८१ आइतबार
उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
हनुमानढोका दरबार क्षेत्र अवलोकन गर्दै पर्यटक
कात्तिक १८, २०८१ आइतबार
पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
कात्तिक १८, २०८१ आइतबार