जातीय द्वन्द्व बढाउने सन्देश फैलाउनेहरूलाई साइबर अपराधमा मुद्दा चलाउन सांसद जबराको माग
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १३:५६:५०
१६ असोज, काठमाडौं । बाँकेको नेपालगन्जमा धार्मिक सद्भाव कायम गरिराख्न सांसद धवलशमशेर जबराले आग्रह गरेका छन् । नेपालगन्ज बजारमा दुई समुदायबीच झडप हुँदा कर्फ्यु लागेको जानकारी दिँदै राप्रपाका सांसद जबराले कानुन कार्यान्वयनमा पनि सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद जबराले विशेष समय लिएर बोल्दै सामाजिक सञ्जालमार्फत दुई समुदायबीच सद्भाव भड्किने भ्रामक सन्देश प्रवाह गरिएको भन्दै त्यस्तो गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् । उनले यो सबैको जड भनेको मोबाइलको सञ्जाल भएको बताएका छन् ।
दुई समुदाय तथा जातीय द्वन्द्व बढाउने सन्देश फैलाउनेहरूलाई साइबर अपराधमा मुद्दा चलाउन सांसद जबराले माग गरेका छन् । ’यो साइबर अपराधको कानुनलाई तुरुन्तै कार्यान्वयनमा ल्याएर दोषीहरूलाई ठाउँका ठाउँ कारबाही गरिएन भने देशमा दंगा भड्किने सम्भावना बढिरहेको छ,’ उनले भने ।
शान्तिपूर्ण रूपमा सबैलाई विरोध तथा असन्तुष्टि जाहेर गर्न पाइने तर उग्र हिंसाको बाटो अंगाल्नु ठिक नभएको सांसद जबराको भनाइ थियो । ’नेपालगन्जका दुवै समुदायलाई आग्रह गर्न चाहन्छु नेपालगन्ज सद्भावको सहर हो । शान्तिपूर्ण रूपमा विरोध गर्न पाइन्छ तर उग्र हिंसाको बाटो लिएर हाम्रो सद्भावको सहरमा अशान्तिको भावना ल्याएर सद्भाव नखल्बल्याउन नेपालगन्जबासीलाई विनम्र अनुरोध गर्छु,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार