सुन तस्करी प्रकरणको स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने आँट गृहमन्त्रीमा देखिएनः अध्यक्ष ओली
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १४:२९:३८
१६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको अनुसन्धानमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराणयकाजी श्रेष्ठ आत्तिएको बताएका छन् । उनले सुशासनलगायतका विषयमा गृहमन्त्री श्रेष्ठको आलोचना गरेका छन् । सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि ओलीले प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा ओलीले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले हेटौंडामा दिएको अभिव्यक्तिलाई लिएर पनि आलोचना गरे । साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन बरामद हुन्छ छानबिन गर्दा के बिग्रिन्थ्यो ? महासय तपाईं किन आत्तिनुभयो स्वतन्त्र निष्पक्ष छानबिनसँग, ओलीले भने ?’
सुशासन अभियान नभएर सरकारको काम भएको ओलीको भनाइ थियो । सरकारले सुशासनको अभियान चलाएको भन्न नहुने पनि बताए । ’सुशासन सरकारले निरन्तर कायम गर्ने हो कि अभियान हो ? सुशासन भनेको सरकारको नियमित कर्तव्य हो,’ उनले भने, ’सुशासनको अभियान चलाएको त्यसलाई रोक्न विरोधी लाग्या छन् भनेर हेटौंडामा उधुम खोक्नुभयो ।’
सरकारले सुशासनको काम नियमित गर्नुपर्ने उनको भनाइ थियो । सरकारले सुरक्षा दिनुपर्ने र भ्रष्टाचार रोक्नुपर्ने बताए । उनले सरकारले जनतालाई सेवा दिनुपर्ने बताए । प्रतिपक्षमाथि सुशासनको अभियान रोक्न लागेको भनेर गृहमन्त्रीले गलत बोलेको ओलीको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार