कर्फ्यू आदेश उलङघन गर्दै प्रदर्शन, नेपालगञ्ज तनावग्रस्त
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १५:२७:११
१६ असोज, काँके । नेपालगञ्ज शहर तनावग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको भए पनि स्थिति नियन्त्रण बाहिर गएको छ । हिन्दु र मुस्लिम समुदायबीच अचानक तनाव बढे पछि मंगलबारदेखि अनिश्चितकालकाे लागि कर्फ्यु आदेश जारी गरिएको थियो तर चोक चोकमा कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ः ०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१०) ३० बमोजिम कर्फ्यु आदेश जारी गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको हो ।
अचानक दिउँसो देखी स्थिति असहज हुँदै गए पछि जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज नगर क्षेत्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासहितको चार किल्ला सीमा कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनले सो क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाईने गरी कर्फ्यु आदेश जारी गरेको हो ।
स्थानीय प्रशासनका अनुसार गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको ‘हिंसात्मक’ स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्याली आयोजना गरेको थियो भने आज मात्रै ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीको क्रममा विवाद हुँदा दुवै पक्षधरबीचमा असहज स्थिति उत्पन्न हुन गएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन भए पछि कर्फ्यु लगाउनु परेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार