ॐ शब्द शब्दकोषवाट हटाउने निर्णय मैले गरेको छैनः पुर्व शिक्षामन्त्री शर्मा
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १७:६:१६
१६ असोज,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व शिक्षामन्त्री दीनानाथ शर्माले ॐ शब्द शब्दकोषबाट नहटाएको बताएका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा शिक्षामन्त्री रहेका शर्माको अध्यक्षतामा बसेको बैठकले ॐ शब्दलाई शब्दकोषबाट हटाउने निर्णय गरेको भन्ने प्रचारबाजीमा कुनै सत्यता नभएको शर्माले जनाएका छन् ।
‘केही दिन यता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन,’ शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वैदिक कालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’
संघीयता विरोधी केही अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अन्त्यन्तै संवेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको जनाउँदै शर्माले उक्त कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोसः सभामुख घिमिरे
कात्तिक १८, २०८१ आइतबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
कात्तिक १८, २०८१ आइतबार
सुरुभयो २०८१ सालको भाइटीका, दिनभर दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन मिल्ने
कात्तिक १८, २०८१ आइतबार
प्लेट सेमिफाइनलमा ५ विकेटले युएईसँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार वार्षिक कार्यक्रममा छोटो समयका लागि पुनर्मिलन
कात्तिक १८, २०८१ आइतबार
वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक
कात्तिक १८, २०८१ आइतबार
पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अगाडी
कात्तिक १८, २०८१ आइतबार
उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान
कात्तिक १८, २०८१ आइतबार
हनुमानढोका दरबार क्षेत्र अवलोकन गर्दै पर्यटक
कात्तिक १८, २०८१ आइतबार
पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
कात्तिक १८, २०८१ आइतबार