राजनीतिक स्वार्थको केन्द्र बन्दै कोशी अस्पताल: खरिदमा व्यापक भ्रष्टाचार र कार्यकर्ता भर्तीकेन्द्र बनाइँदै
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १९:२:११
१६ असोज, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर स्थित प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा सरकार परिवर्तनसँगै भएका नयाँ नियुक्तिका कारण पछिल्लो समय राजनीतिक नेताको स्वार्थ पूरा गर्ने र त्यस्ता नियुक्ति पाएकाहरुबाट व्यक्तिगत लाभ प्राप्त गर्ने केन्द्र बन्न थालेको छ ।
संघीय सरकार मातहतमा रहेको कोशी अस्पतालमा ओली सरकारले नियुक्ति गरेको विकास समितिले आफ्नो पदावधि सकिएपछि प्रचण्ड सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर वस्नेतले नियुक्त गरेका अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल यति बेला विवादित बन्न पुगेका छन । उनले विगतमा विकास समितिले जथाभावी नियुक्ति गरी अस्पताललाई आर्थिक भार थपेको भन्दै १९ जनाको नियुक्ति बदर गर्नुपर्नेमा ९ जना कर्मचारीलाई मात्रै अवकाश दिएर आफू अध्यक्ष भएको मौका छोपी आफू निकट कर्मचारीको मात्रै पदावधि थप गरेपछि अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल विवादित बन्न पुगेका हुन् ।
अघिल्लो विकास समितिले नियुक्ति गरेको भन्दै बाँकी १० जना कर्मचारीको हकमा कोशी अस्पतालको अहेवमा कार्यरत केपी परिहस्तको सिफारिसमा सेविका कुमारी राउत, अस्पताल कै खरिदार पदमा कार्यरत छेदी मण्डलको सिफारिसमा मन्जु कुमारी मण्डल, अस्पतालमै कार्यरत मेट्रो मन्जु यादवको सिफारिसमा सुनिता कुमारी भगत र सुसकला माझी लगायतलाई अघिल्लो विकास समितिले नियुक्ति गरेको भएतापनि यथावत कायम गरी कामकाजमा खटाएको अस्पताल स्रोतहरूले बतायो । अस्पताल विकास समितिबाट निर्णय गराएर राख्नका लागि कोशी अस्पतालको शाखा अधिकृतमा कार्यरत इन्दिरा यादवले सबै योजना बनाएको स्रोतको दावी छ । यो प्रकरणसँगै संघीय सरकारबाट नियुक्ति भएका विकास समितिका अध्यक्ष डा. सिलवाल नियुक्ति भएको दुई महिना अवधि मै अस्पताल भित्रका आर्थिक अनियमितताहरूमा समेत जोडिन थालेको रहस्य पनि खुल्न थालेका छन ।
कोशी अस्पतालका तत्कालीन अध्यक्ष महेश भट्टराईले कोशी अस्पतालमा सेवा सुविधा विस्तार गर्ने भन्दा पनि आफ्ना नातेदार र कार्यकर्तालाई अस्पतालको कर्मचारी नियुक्ति गरेर संघीय सरकार मातहतको अस्पताललाई सिध्याउने खेल खेलेको आरोप लाग्ने गरेको थियो । तर नयाँ सरकारले नियुक्ति गरेका अध्यक्ष सिलवाल र मेडिकल सुपरिटेन्डेन्ट चन्द्रभाल लाभले ती सबै नियुक्ति खारेज गरेको भन्दै आफ्नालाई भने संरक्षण गरेपछि अहिले कोशी अस्पतालमा कर्मचारी कर्मचारीका बीचमा आन्तरिक द्वन्द्व सुरु भएको छ ।
नयाँ समितिले अस्पतालमा अनुदानका नाममा थाइराइटदेखि शरीरमा भएको भिटामिनको मात्रा छुट्याउने म्यागलोभी कम्पनीको क्रिया मेसिन भित्र्याएर व्यापक आर्थिक चलखेल सुरु गरेको अस्पताल स्रोतको भनाई छ । अनुदानमा प्राप्त मेसिन भनिएता पनि पछिल्लो समय मेसु र विकास समितिका अध्यक्ष सिलवालले कोशी अस्पतालका मेडिकल स्टोर प्रमुख रञ्जन कुमार साहलाई मेसिनको भुक्तानीका लागि रु १० लाखको टिप्पणी उठाउन व्यापक दवाव दिएको दावी पनि स्रोतले गरेको छ । उक्त मेसिन अनिता ट्रेड सेन्टरका संचालक दिनेश राउतले अस्पतालमा उपलब्ध गराएको कर्मचारी स्रोतले जानकारी दिएको छ ।
कोशी अस्पतालको अध्यक्षमा नियुक्ति भएका डा. फरवार्ड सिलवाल नेपाल मेडिकल एसोसिएसनको मोरङ अध्यक्ष समेत भएको हुँदा निकट भविष्यमा अस्पताललाई ठूलो भार पर्ने गरी अर्को एउटा मेसिन मेडिकल एसोसिएसनबाट अनुदानमा उपलब्ध गराउने तयारी थालेको सोही अस्पतालमा कार्यरत एक चिकित्सकले नेपालबहसलाई जानकारी गराएका छन । व्यापारीलाई सिधै अस्पतालमा उपलब्ध गराइदिनु भन्दा विवाद आउने देखेपछि अध्यक्ष डा. सिलवालले मेडिकल एसोसिएसनमार्फत उपलब्ध गराउँदा विवाद नहुने भन्दै त्यसको तयारीमा लागेको जानकारहरुले बताएका छन ।
जबकी सो मेसिन भन्दा उच्च स्तरीय मेसिन सरकारले यसअघि नै उपलब्ध गराएको छ । तर सो मेसिनलाई थन्क्याएर खियाँ लाग्ने अवस्थामा पुगीसकेको छ । केन्द्र सरकारले उपलब्ध गराएको मेसिन प्रयोगमा नल्याई बजारबाट सित्तैमा पाइएको भनिएपनि त्यसमा लाग्ने केमिकल खरिदमा भ्रष्टाचार गन्ध आएको हो । मेसिनको नियमित प्रयोग गर्दा केमिकलवापत मासिक १५ देखि २५ लाखसम्म आउने अनुमान त्यहाँका प्राविधिकले गरेका छन् । अस्पताल विकास समितिका अध्यक्ष डा सिलवाल र विराटनगर प्रमुख नागेश कोइराला क्लासमेट भएकाले र नगरप्रमुख सो समितिको पदेन सदस्य समेत भएकाले कोइरालाको थप दवाव रहेको बताइएको छ ।
तर उक्त मेसिन ल्याउँदा अस्पताललाई ठूलो आर्थिक भार पर्ने निश्चित देखेपछि अस्पतालको लेखा समुहले उक्त मेसिन ल्याउन सहमति नदिएका कारण सो मेसिन रोकिएको स्रोतहरूले बताएका छन । पछिल्लो समय थप विवादित बन्दै गएपछि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल लाभ र अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालसँग यस बारेमा प्रतिक्रियाका धेरै पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि उनीहरूसँग सम्पर्क हुन सकेन ।
अहिले पनि कोशी अस्पतालमा ११ औँ तहका २ जना चिकित्सक र १० औँ तहका तीन जना चिकित्सक रहेका छन् । २०६१ साल यता अस्पतालमा १७ जना मेसु परिवर्तन भइसकेका छन् । मेसुको परिवर्तन भने सरकार र मन्त्री परिवर्तनसँग प्रत्यक्ष जोडिँदै आएका छन् । अस्थिर मेसु र अस्पताल विकास समिति अध्यक्षको विगतको नजिरले नै सरकार र मन्त्री परिवर्तन हुनासाथ यहाँको विकास समितिका नाममा राजनीतिक नियुक्ति लिएर बसेकाहरू कर्मचारीका नाममा आफ्ना नातेदारदेखि पार्टी कार्यकर्ता नियुक्तिमा सक्रिय हुने गरेको जानकाहरुले बताएका छन ।
३ सय ५० बेडको शैया रहेको अस्पतालमा दैनिक २५ सय जनाभन्दा बढी उपचार र स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन । अस्पतालमा ७ अर्बको लगानीमा भौतिक संरचना निर्माणको काम भइरहेको छ । हाल अस्पतालमा सरकारी दरबन्दीका ८० र विकास समितिका २५ चिकित्सक तथा सरकारी दरबन्दीका ७६ र विकास समितिका ६५ स्टाफ कार्यरत रहँदै आएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव प्रेस युनियनमा प्रवेश
जेठ ११, २०८१ शुक्रबार
कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
जेठ ११, २०८१ शुक्रबार
अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयमा मस्कले जनाए विरोध
जेठ ११, २०८१ शुक्रबार
जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी
जेठ ११, २०८१ शुक्रबार