आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार ८:२६:५६
१७ असोज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
असोज ४, २०८१ शुक्रबार
मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन
असोज २, २०८१ बुधबार
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्याली
असोज १, २०८१ मंगलबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वेस्ट ह्याममाथि चेल्सीको शानदार जित
असोज ५, २०८१ शनिबार
साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित
असोज ५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता
असोज ५, २०८१ शनिबार
दिल्लीका मुख्यमन्त्री अतिशीले लिइन् शपथ
असोज ५, २०८१ शनिबार
कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो : प्रचण्ड
असोज ५, २०८१ शनिबार