धादिङको मजुवामा ट्रकको ठक्करबाट दुई स्कुलले बिथार्थीको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार १०:५१:५४
१७ असोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको हो । बाटो क्रस गर्ने क्रममा उनीहरूलाई ट्रकले ठक्कर दिएको थियो ।
धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारका अनुसार काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरूको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि गजुरी अस्पताल पठाइएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा आज बिहान ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएको हो । जैसवारका अनुसार ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका आफान्तले यतिखेर पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका छन् ।
धादिङ प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका– ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन । उनीहरू बागेश्वरी मावि मलेखुमा कक्षा ८ मा अध्ययनरत थिए । दुर्घटनापछि आक्रोशित मृतकका आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका हुन् । अबरूद्द सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार