धार्मिक र साम्प्रदायिक अतिवादले देशमा विद्वेष फैलाउने काम गर्दासमेत कांग्रेसले बोल्ने आँट गरेनः ओली
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार १२:४९:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_IxhSn0IMCx_qz2NvfF7IS.jpg)
१७ असोज, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत मनसायले देशमा विद्वेष फैलाउने कार्य भइरहँदा समेत नेपाली कांग्रेसले बोल्ने आँट नगरेको बताएइका छन् । एमाले कोसी प्रदेश कमिटीका नव निर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन समारोहमा भाग लिन विराटनगर पुगेका ओलीले विमानस्थलमा कांग्रेसबारे टिप्पणी गर्दै यस्तो बताएका हुन् ।
ओलीले धार्मिक, साम्प्रदायिक अतिवाद र विद्वेष फैलाउने काम नराम्रो भएको भनेर कांग्रेस नबोलेको बताए । सरकार यो विषयमा संवेदनशील हुनुपर्ने ओलीको भनाइ छ । गलत अभीष्ट पूरा गराउन मान्छेहरू खेल्न खोजिरहेको भन्दै उनले नेपाली जनता यस्तो कुरामा नलाग्ने बताए । उनले यस्ता घटनाले भएको क्षति नेपाली जनता धेरै पटक भोगिसकेकाले द्वन्द्व बढाउने काममा नलाग्ने बताए ।
देशमा यस्तो विकराल परिस्थिति उत्पन्न हुन लाग्दा पनि कांग्रेसको हविगत बोल्नै नसक्ने अवस्थामा पुगेको ओलीले बताए । कांग्रेस विचरा भएको छ, अहिले मानिसहरुले कांग्रेस कहाँ छ भनेर प्रश्न गर्न थालेका छन्, ओलीले भने । देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस बोलेको छैन । देशका समसामयिक समस्याबारे कांग्रेसका नेताहरूसमेत नबोलेको देख्दा आफूलाई उदेक लागेको ओलीले सुनाए ।
अध्यक्ष ओलीले कोशी प्रदेशमा दलहरूलाई मध्यावधि चुनावतर्फ नजान आग्रह गरेका छन् । ’अहिले मध्यावधि चुनावमा जानु उचित हुँदैन,’ उनले भने, ’संविधानको धारा १६८ को (३) मा समर्थन दिनुभएन भने उक्त धाराको उपधारा (५) को अनिश्चिततातिर जान्छ र त्यहाँ एउटा खुड्किला मात्रै रहन्छ त्यहाँबाट चिप्लियो भने मध्यावधि चुनावको विकल्प रहँदैन ।’ एमाले जुनसुकै बेला जस्तोसुकै चुनावबाट भाग्ने र नहच्किने ओलीको भनाइ थियो । अहिले एमालेसँग भएको ४० सिटलाई कमसेकम १५ सिट बढाउनु छ त्यसैले मध्यावधि चुनावमा गएपनि एमालेलाई चिन्ता नभएको उनले स्पष्ट पारे ।
बहु जातीय, बहु धार्मिक, बहुभाषिक, बहु सांस्कृतिक देशको राष्ट्रिय सम्पदा भएकोले संरक्षण गर्नुपर्ने भएकाले विद्वेष फैलाउने र देशलाई द्वन्द्वतर्फ लग्ने कार्य किमार्थ सह्य नहुने अध्यक्ष ओलीको भनाइ थियो । देशलाई हिन्दु राष्ट्र घोषणाका लागि धार्मिक द्वन्द्व बढाउने कार्य भइरहेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले ’संसदको दुई तिहाईले गर्ने काम विद्वेष र द्वन्द्व फैलाएर हुन्छ ?’ भन्दै प्रति प्रश्न गरेका थिए । उनले विद्वेष र द्वन्द्वबाट निष्कर्षमा पुगेको कुनैपनि कुरोको परिणाम असल नहुने बताएका छन् ।
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्ला समयमा भएका भ्रमणहरु अर्थहीन भएको भन्दै मानसरोवरको यात्रा पाप पखाल्नका लागि गरिएको आरोप लगाए । उनले भने, मानसरोवरसम्मको धार्मिक यात्रा पाप पखाल्नको लागि मात्र भएको हो । कसले कति र कत्रो पाप गरेको छ, घरमा पूजा पनि सोही अनुरुप लगाए जस्तै हो प्रधानमन्त्रीको भ्रमण ।
प्रधानमन्त्रीले भारत र चीन भ्रमण गरे पनि त्यसको कुनै सार्थक र ठोस परिणाम नआएको ओलीले बताए । अहिले देशभर साम्प्रदायिक र धार्मिक द्वेष फैलाउने कुचेष्ठा भइरहेको भन्दै ओलीले यो कसैका लागि पनि हितकर नहुने सुनाए । कोसी प्रदेशको राजनीतिक गतिरोध अन्त्य गर्नको लागि दलहरू मिलेर अघि बढ्नुको विकल्प नभएको उनले बताए । मध्यावधि निर्वाचन भए एमालेले थप सिट बढाउने दाबी गर्दै उनले भने, आज ४० सिट छ । मध्यावधि भयो भने थप १५ सिट बढ्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार