लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार १२:५२:५२
१७ असोज, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले लगातार ८ दिन घटेपछि आज बुधबार सुनको मूल्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रूपैयाँले बढेको हो ।
मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रूपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रूपैयाँ थियो ।
सुनको मूल्य यही असोजको ८ गतेदेखि निरन्तर घट्न थालेको थियो । असोज ७ गते तोलामा १ लाख १२ हजार २०० रहेको सुनको मूल्य हिजो मंगलबारसम्म आइपुग्दा १ लाख ६ हजार ६०० रूपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले हिजो मंगलबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको हो । महासंघका अनुसार आज चाँदी १३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार