स्वास्थ्य मन्त्रालयले गर्यो चिकित्सकमाथि कुटपिट वा हानी पुर्याउनेलाई ३ वर्ष कैद र ३ लाख जरिवानाको व्यवस्था
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार १६:१६:१९
१७ असोज, काठमाडौं । स्वास्थ्यकर्मीमाथि हातपाने गर्नेका लागि सरकारले कारवाहीको प्रबन्द गरेको छ । लगातार स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि आक्रमण गर्नेलाई कस्तो कारवाही गर्ने भन्ने अन्योलता रहेका बेला सरकार कार्यविधि बनाएको हो । अबदेखि स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीन लाख रुपियाँ जरिवाना गराइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याउने कार्य गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कार्यविधिको व्यवस्था गरेको हो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम सो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने, हातपात गर्नेमाथि यसै कानुन अनुसार कारबाही हुनेछ । स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपियाँदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था सो ऐनमा गरिएको छ ।
स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुयाए पनि तीन वर्ष कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीहरूको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पुर्याए र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई हातपात गरे एक वर्ष कैद वा एक लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार