एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार २०:१०:०
१७ असोज, काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ । मलेसियामा अर्को साता सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
प्रिमियर कपका लागि गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जित्दाको टोलीलाई नै निरन्तरता दिईएको छ । प्रिमियर कपको शीर्ष ३मा रहने टोलीले आगामी डिसेम्बरमा हुने यू १९ एसिया कपका स्थान बनाउने छ । समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनमा स्थान बनाउने छन् ।
नेपाल रहेको समूह ए मा बहराइन, साउदी अरेविया र ईरान छन् । समूहबीमा युएई, ओमान, कतार र चीन तथा समूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स छन् । समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।
प्रिमियर कप असोज २५ देखि कार्तिक ७ गतेसम्म चल्नेछ । समूह चरणको पहिलो खेलमा नेपालले २५ गते इरानसँग खेल्दै प्रिमियर कपको सुरुआत गर्नेछ । २८ गते घटस्थापनाको दिन बहराइनसँग तथा समूह चरणको अन्तिम खेलमा कार्तिक २ गते साउँदी अरेवियासँग खेल्ने तालिका छ ।
यस्तो छ नेपाली टोली :
देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द र मिलन बोहरा
वैकल्पिक खेलाडी
प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार