रक्सी खाने प्रतिस्पर्धामा अत्याधिक रक्सी पिएपछि एक जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार १२:४:१०
१८ असोज, बेइजिङ । चीनमा एक व्यक्तिले २० हजार युआन अर्थात् लगभग तीन लाख ५० हजार पुरस्कार जित्नका लागि एक लिटर रक्सी पिए पछि उनको मृत्यु भएको छ ।
उनको कार्यालयमा मदिरापान प्रतियोगिता चलिरहेको बेला यो घटना भएको हो । ती व्यक्तिले १० मिनेटमै यति धेरै रक्सी पिए कि उनको अवस्था नाजुक बन्यो र उनको उपचारको क्रममा मृत्यु भयो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार झाङ नामका एक व्यक्ति आफ्नो कार्यालयको टोलीसँग डिनरमा गएका थिए, जहाँ उनका मालिकले मदिरापान प्रतियोगिता आयोजना गरेका थिए। उनका मालिकले झाङलाई हराउने जो कोहीलाई २०,००० युआन इनाम दिने घोषणाा गरे। झाङका सहकर्मीले भने कि जब झाङ हाकिमको टेबुलमा टोस्ट खाए पछि फर्किए, उनले झाङभन्दा बढी रक्सी पिउने जो कोहीलाई ५,००० युआन पुरस्कार दिने घोषणाा गरे, कसैले जवाफ नदिएपछि उनले रकम बढाएर १० हजार युआन पुरयाए ।
झाङले बाजीको बारेमा सोधे, त्यसपछि उनका मालिक याङले उनलाई २०,००० युआन पुरस्कार दिइने बताए । यदि उसले हरायो भने दिउँसोको चिया देखी अहिलेसम्म भएको सम्पूर्ण कम्पनीको खर्च २० हजार युआन तिर्नु पर्नेछ। याङले पछि जाङ विरुद्ध प्रतिस्पर्धा गर्नका लागि आफ्नो चालकसहित धेरै कर्मचारीहरू चयन गरेका थिए । तर, कोही तयार भएनन ।
रात्रि भोजमा उपस्थित एक कर्मचारीका अनुसार झाङले १० मिनेटभित्रै एक लिटर बैजू नामक हार्ड ड्रिक्स पिए । विशेष गरी बैजू एक चिनियाँ पेय हो, जसमा ३० देखि ६० प्रतिशतको बीचमा रक्सीको मात्रा हुन्छ।
रक्सी पिए पछि उनीस बेहोस भए अनि झाङलाई तुरुन्तै अस्पताल लगियो । तर, अस्पतालमै उनको मृत्यु भयो । उनलाई हृदयघात भएको चिकित्सकले बताएका छन् । उनको ३ अगस्टमा निधन भएको थियो । उनको मृत्यु पछि कम्पनीको वि च्याट समूहमा कम्पनी बन्द हुने भनिएको छ । शेन्जेन प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार