हिजाब नलगाएको भन्दै कुटपिटमा परेकी किशोरी कोमामा पुगे पछि इरान सरकार त्रसित
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार १२:६:३
१८ असोज, तेहरान । इरानमा हिजाबको बिबाद फेरि बाहिर आएको छ । तेहरानको मेट्रो स्टेशन नजिकै हिजाब नलगाएको भन्दै १६ वर्षीया युवतीलाई नैतिक प्रहरीले कुटपिट गरे पछि उनी बेहोस भएकी छिन् । इरानी मिडियाका अनुसार प्रहरी कुटपीटमा परेकी ती बालिका कोमामा गएकी छिन् । हाल उनको कडा सुरक्षाबीच अस्पतालमा उपचार भइरहेको छ ।
यो घटनापछि इरानमा फेरी एकपटक त्यहाँका मानिसहरूले हिजाबलाई लिएर आवाज उठाउन थालेका छन् ।कुर्द–केन्द्रित अधिकार समूह हेन्गोले यस घटनाको बारेमा बालिकाको नाम अर्मिता गरवन्द भएको जानकारी दिएको छ । तेहरान मेट्रो नजिकै महिला प्रहरी अधिकारीहरूसँग उनको बिबाद भएको थियो। सो क्रममा प्रहरीले उनलाई नराम्ररी कुटपिट गर्दा उनी घाइते भएकी थिइन् । अस्पताल पुग्दासम्म उनी कोमामा गएकी थिइन् ।
तर, इरानी प्रहरी अधिकारीहरूले यी आरोपहरू गलत भएको बताएका छन्। कम रक्तचापका कारण बालिका बेहोस भएको र उनलाई उपचारका लागि प्रहरीले लगेको दावी गरेको छ ।
अधिकार समुह हेङ्गोले भने तेहरानको शोहदा मेट्रो स्टेशनमा तथाकथित नैतिक प्रहरीका एजेन्टहरूले समातेर र शारीरिक रूपमा कुटपिट गरेपछि गर्भान्डलाई गम्भीर चोट लागेको हो । उसका अनुसार उच्च प्रहरी अधिकारीहरू कम रक्तचापका कारण उनी बेहोस भएको भन्ने बयान झुटो हो ।
जनताको आक्रोश देखेर स्थानीय प्रहरी भने निकै सतर्क अवस्थामा रहेको छ । बालिकाको तेहरानको फजर अस्पतालमा कडा सुरक्षामा उपचार भइरहेको र अहिले पीडितलाई भेट्न कसैलाई अनुमति दिइएको छैन । कतिसम्म भने किशोरीको परिवारका अरू सदस्यलाई पनि भेटघाटमा रोक लगाइएको छ ।
हिजाब नलगाएको कारण पक्राउ परी एक बर्ष अघि हिरासतमा मृत्यु भएकी महसा अमिनीको मामला पछि इरानी सरकार बिरूद्द कुन स्तरसम्म विरोध प्रदर्शन भएको थियो रु त्यो इरानी सरकारले राम्रोसँग देखेको छ। महसा अमिनीको मृत्यु भएको एक वर्ष पछि फेरी अर्की बालिका कोमामा पुगे पछि इरानी सरकार यसमा निकै गम्भिर भएको देखिएको छ । किनभने अमिनीको हिरासतमा मृत्यु भए पछि केही महिनासम्म चलेको हिंसात्मक प्रदर्शनमा सयौं मानिस मारिएका थिए भने हजारौं पक्राउ परेका थिए।
धेरै संघर्ष पछि इरानी सरकारले यी प्रदर्शनहरूलाई नियन्त्रणमा लिन सफल भएको थियो, त्यो अवस्था नआओस भनेर उ निकै सतर्क रहेको छ । त्यसैले अहिले बालिका माथि कुटपिट भएको विषय जिम्मा नलिइरहेको इरानी मिडियाले जनाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार