जब आमाले आफ्नै छोरा मारेर टाउको पकाएर खाईन्...
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार १२:२०:१
१८ असोज, कायरो । इजिप्टको राजधानी कायरोमा एक निर्दयी आमाले आफ्नै ५ वर्षीय निर्दोष छोराले मारेर खाएकी छिन ।
सुरुमा उनले चक्कुले काटेर छोराको हत्या गरिन र त्यसपछि उनको टाउको काटेर खाइन् । जुन घटना समाचार अहिले बाहिरिए पछि विश्व स्तब्ध भएको छ ।
पाँच वर्षीय छोराको टाउको काट्ने ती आमाले आफ्नो छोरो सधैंभरि साथमा रहोस् भन्ने चाहना राखेको र त्यही भएर यस्तो गरेको बताएकी छिन । प्रहरीका अनुसार कायरोमा हाना मोहम्मद हसन नामकी २९ वर्षीया महिलाले खाना खानु अघि छोराको चक्कुले टाउको काटेर हत्या गरेकी हुन ।
प्रहरीका अनुसार आमाले चक्कुले छोराको टाउको काटेर पानीमा तताएर खाएकी थिइन् । उनले सुरुमा छोरालाई बाथरुममा लगेर छुरीले टाउकोमा तीन पटक हानिन, उनको टाउको जलाइन् । त्यसपछि छोराको शरीरका बाँकी भागलाई सानो सानो टुक्रामा काटिएको थियो। प्रमाण लुकाउन उनले यस्तो गरेकी थिइन ।
ती महिलाले आफ्नो बयानमा आफू छोरालाई सधैं साथमा राख्न चाहेको भन्दै यस्तो कदम चालेको बताएकी छन् । उता श्रीमतीको मानसिक समस्याका कारण आफुले अलग हुनका लागि मुद्दा लडिरहेको अवस्थामा यो वीभत्स हत्या भएको उनका पूर्व पतीले अदालतमा बयान दिएका छन ।
इजिप्टको एक अदालतले हसनलाई आपराधिक रूपमा पागल घोषित गरेको छ । उनको आपराधिक क्रियाकलाप पछि अदालतका न्यायाधीशहरूले ती महिलालाई कुनै पनि हालतमा निर्दोष मान्न सकिँदैन भनेर निर्णय गरेका छन ।
गत ३० सेप्टेम्बरमा फैसला सुनाउँदै अदालतले दोषी हाना मोहम्मद हसनलाई मनोचिकित्सक इकाईमा राख्नुपर्ने बताएको थियो। आमाले बौलाहा अवस्थामा छोराको हत्या गरेको अदालतको ठहर छ । अदालतले प्रारम्भिक मनोचिकित्सक रिपोर्टबाट हसनलाई मानसिक रोग लागेको पत्ता लगाएको थियो, यद्धपी सजायँ भने कठोर दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा
भदौ ३१, २०८१ सोमबार
फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु
भदौ ३१, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार