चाडपर्व नजिकिएसँगै लमजुङमा बजार अनुगमनमा तीव्र
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार १२:५०:२१
१८ असोज, काठमाडौं । चाडपर्व निजिकिसँगै बजार अनुगमनलाई तिव्रता दिन थालिएको छ । जिल्ला अनुगमन टोलीले लमजुङका विभिन्न पसलमा दिनहुँजसो अनुगमन थालेको हो ।
अनुगमनको क्रममा मंगलबार बेसीशहर बजारका १२ वटा पसलहरु अनुगमन गरेको थियो । बेसीशहर ७ पुरानो बैक चोक देखि भिमसेन स्थान सम्मका यटीका पसलमध्य ५ वटा स्टोर्स, २ वटा फ्रेस हाउस, २ वटा किराना एण्ड तरकारी पसल, १ वटा किराना पसल, १ वटा वर्डस, १ वटा मसला उद्योग अनगुमन गरिएको थियो । अधिकांश पसल मापदण्डविपरीत भेटिएको छ।
अनुगमन क्रममा दर्ता विना सञ्चालन भएका, म्याद गुज्रेका खाद्य सामाग्री र लेभलिङ नम्वर मेटिएको, ईजाजत पत्र नलिई विक्री वितरण गरिएको ४ वटा किराना तथा फलफुल पसल, मासु पसल र किराना पसललाई कारवाही स्वरूप जरिवाना गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन। उनका अनुसार ४ वटा पसलबाट ११ हजार रुपैया जरिवाना गरिएको छ ।
अनुगमनमा अधिकांश पसलहरुमा मुल्यसुची नराखेको पाईएकाले मुल्य सुची राख्न निर्देशन दिइएको प्रमुख थापाले बताइन्। उपभोग्य मिति भएको मात्र खाद्य सामाग्री विक्री वितरण गर्न तथा मूल्य सुची अपडेट गर्न सुझाव दिईएको छ । यस्तै लेभलिङ भएका खाद्य सामाग्री मात्र विक्री वितरण गर्न, दर्ता विना सञ्चालन नगर्ना, व्यवस्थीत रुपमा खाद्य र अखाद्य समाग्रीहरु छुट्छुटै राख्न, म्याद गुज्रेका खाद्य सामाग्री विक्रि वितरण नगर्ना, ईजाजतपत्र लिएर मात्र सुर्तिजन्य पदार्थ र चुरोट बिक्री वितरण गर्न, सरसफाईमा ध्यान दिन, दर्ता प्रमाणपत्र र व्यवसायको पुजीँ मिलाउन सुझाव दिइएको छ ।
उक्त अनुगमनमा पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाको नेतृत्वमा अनुगमन गरिएको हो ।जिल्ला अनुगमन टोलीले असोज महिनामा मात्रै ४ पटक ५४ वटा पसलको अनुगमन गरेको थियो भने साउन महिनामा २ पटक बजार अनुगमन गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार