कानुनमै नभएको कुरा प्रयोग गरेर जेलको अपराधीलाई उन्मुक्ती दिने अधिकार प्रधामन्त्रीलाई छैनः नेपाल
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार १४:१:३७
१८ असोज, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कानुनमा नभएको अधिकार प्रयोग गरेर कुनै पनि अपराधीलाई छुट दिने अधिकार प्रधामन्त्रीसँग नभएको बताएका छन् । नेपालले नेपालगन्जका चेतन मानन्धरको हत्याका दोषी जेलसजायकै क्रममा आममाफी पाएर रिहा भएका रिगल भनिने योगराज ढकालका बारेमा यस्तो बताएका हुन् ।
मेची–महाकाली समाजवादी जागरण अभियानको क्रममा रौतहटको चन्द्रनिगाहपुर पुगेका पूर्वप्रधानमन्त्री नेपालले बिहीबार प्रेस सेन्टर रौतहटद्वा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कानुनमै नभएको कुरा प्रयोग गरि किन उन्मुक्ति दिएको हो भन्ने विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कुरा राख्ने बताए । उनले अपारधीलाई आममाफी दिने कुरामा सरकार चुकेको बताए ।
उनले आफूहरुलाई कुनै जानकारी नदिई निर्णय गरेको भन्दै प्रधानमन्त्रीको आरोचना गरेका छन् । उनले भने, ‘पछिल्लो घटनाबारे हामीलाई कुनै जानकारी छैन । मन्त्रिपरिषद्ले निर्णय गर्नु अघि हामीलाई कसैले भनेका पनि छैनन् । आममाफीको निर्णयले सरकारको धेरै आलोचना भयो । यस विषयमा के भएको हो म प्रधानमन्त्री समक्ष कुरा राख्छु । अपराध गर्नेलाई उन्मुक्ति दिनु भएन ।’
कानुन मिचेर काम गर्नेलाई सरकारले दण्डित गर्नुपर्छ उन्मुक्ति दिनु हुन्न भन्दै उनले मानन्धरको हत्यामा जेल सजाय पाएका ढकालको आममाफीको विषयमा गम्भिर भएर कुरा उठाउने बताए । यस्तो विषयमा सरकारले कुनै पार्टी विशेष, कार्यकर्ता विशेषमा आफ्नै ढंगले चल्नु हुँदैन । कानुन मिच्नेलाई सरकारले दण्डित गर्नुपर्छ उन्मुक्ति दिन नहुने उनको तर्क थियो ।
मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका रिगल भनिने योगराज ढकालको १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । देशमा भ्रष्टाचार हटाउने, रोजगारीको अवसर सिर्जना गर्ने जस्ता काम गर्न समाजवादी पार्टीले अभियान थालेको नेपालको भनाई थियो ।
सँधै जसो दलहरुबीच एकले अर्काप्रति टिकाटिप्पणी मात्रै हुने गरेको गुनासोबारे पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष नेपालले आफूले कुनै पनि नेताको आलोचना नगरेको बताए । ‘मैले त आजभोलि मैले एमाले अध्यक्ष केपी ओलीको आलोचना गर्न छाडेको छु । बरु ओलीजी भेटें भने मुसुक्क हाँस्छु,‘उनले भने,‘आलोचना गर्न छाडिसकें । मेरो त्यस्तो छुच्चो बानी छैन । धेरै रिस उठेको छ भने बरु म ओली तिर हेर्दै हेर्दिन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार