दशैँका लागि माटोका सामग्री सामग्री बनाउन भ्याइनभ्याइ
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार १४:४४:६
१८ असोज, भक्तपुर । भक्तपुर नगरापालिका–४ तालाक्वको विनोदकुमार प्रजापतिको परिवार निकै व्यस्त छन् । बिहानदेखि बेलुकासम्म दशैँका लागि माटोका सामग्री बनाउन भ्याइनभ्याइ छ ।
दसैँमा घटस्थापनाको दिनदेखि पुजामा प्रयोग गरिने माटोका सामग्री बनाउन उहाँको परिवार अहिले व्यस्त छ । “दशैँ नजिकिदै छ । काठमाडौँ उपत्यकालगायत बाहिरी जिल्लाको माग अनुसार सामान बनाउन थालेका छौँ । अझै धेरै बनाउन बाँकी छ”, प्रजापतिले भने, “अहिले त म मात्र होइन परिवारका सबै सदस्य यसै काममा व्यस्त छन् । शनिबारको दिन छोराछोरीलाई पनि काममा लगाइराखेका छौँ ।”
श्रीमती र छोराछोरीसहित घटस्थापनका दिन पुजा कोठामा राख्ने गमला, भ्यग, धुपौरो, दुध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अन्ती, दुध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्ली, मोनी सल्ली, जलपात्र, कलश, आरतीलगायत सामग्री बनाउन व्यस्त भएको उनले बताए ।
प्रजापतिका अनुसार जमरा राख्ने ढुकुटीमा देवी दुर्गाको पुजाका लागि माटोले बनेका सामग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ ।
भक्तपुर नगरपालिका–९ सुजमारी राजकृष्ण प्रजापतिलाई पनि माटोका सामग्री बनाउन भ्याइनभ्याई छ । बिहान चार बजेदेखि दसैँका लागि माग अनुसारका सामग्री बनाउन व्यस्त छन् । दशैँ र तिहारको समयमा माग गरिएका सामग्री समयमा पुर्याउन सके वर्षभरी अरू बेला खासै व्यस्त हुन नपर्ने राजकृष्णले बताए । “यो समयमा उपत्यकालगायत बाहिरी जिल्लाबाट पर्वका लागि आवश्यक माटोका सामग्रीको माग छ”, उनले भने, “ती सामग्री समय पुर्याउन सके अरू बेला खासै व्यस्त हुन पर्दैन । हामीले बढी दुःख गर्ने भनेको दशैँ र तिहारका लागि हो । यो समयमा मागअनुसार सामान उत्पादन गर्नसके वर्षदिन गुजारा गर्न गाह्रो पर्दैन ।”
बजारमा विभिन्न आधुनिक सामान आए पनि दशैँ तिहारमा माटोका सामग्री बढी प्रयोग हुने गरेकाले यसको व्यापार निकै फस्टाएको व्यापरी बताउँछन् । यो व्यवसायमा लागत र परिश्रमअनुसार आम्दानी हुने भएकाले पेसाप्रति नयाँ पुस्ता पनि आर्कषित भएका राजकृष्ण बताए । उनका अनुसार भक्तपुरमा रू १ देखि १२ सय सम्मका पर्व सामग्र्री उत्पादन हुने गरेका छन् ।
चाडपर्वको समय भक्तपुर तालक्व र सुजमारीको कुम्हालेका साथै लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं, कमलविनायक र सूर्यविनायकका कुम्हालेका परिवार पनि माटोका सामान बनाउन व्यस्त देखिन्छन् । यहाँ उत्पादित पर्व सामग्रीहरू उपत्यकाका साथै बनेपा, पनौती, धुलिखेल, साँखु, त्रिशुली, पोखरा, कीर्तिपुर, थेचोसम्म पुग्ने गरेको व्यवासायी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
असोज ४, २०८१ शुक्रबार
मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन
असोज २, २०८१ बुधबार
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्याली
असोज १, २०८१ मंगलबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार