हेलिकप्टर चढेर नेता आउँदा राहत पनि आउनुपर्योः जोशी
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार १५:४९:५७
१८ असोज, काठमाडौं । एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले १६ भदौमा गएको भूकम्पले जिल्लाका सबै पालिकामा क्षति पुगेको भन्दै पीडितलाई तत्काल राहत र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे ।
उनले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरू त्यसतर्फ जान लागेकामा धन्यवाद दिँदै जोशीले भ्रमण गर्ने भन्दा विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने र हेलिकोप्टरमा नेता जाँदा राहत पनि जानुपर्ने बताए । उनले भने नेताहरू आउँछन्, हेलिकप्टरमा घुम्छन् र आश्वासनका ठूला भारी बोकाउँछन् । तर जनताले केही पाउँदैनन् । यस्तो पीडाको अवस्थामा म सरकारलाई कमसेकम त्यो जिल्लाको समग्र अवस्था हेरेर अहिले विशेष कार्यक्रम घोषणा गर्न माग गर्दछु ।’
उनले अहिले बझाङलगायत आसपासका जिल्लामा दर्दनाक अवस्था रहेको भन्दै के कसरी हुन्छ सरकारलाई राहत र उद्दारका लागि अनुरोध गरे । ‘सरकारी कार्यालय, स्वास्थ्य चौकी र विद्यालय भवनसँग निजी घर बस्न लायक छैनन्’, उनले भने, ‘सामान्य राहतले मात्रै नपुग्ने हुँदा विशेष पूनर्निमाणको योजना लिएर बझाङ र त्यस वरपरका जिल्लालाई भूकम्प प्रभावित वा संकटग्रस्त जिल्लाका रूपमा घोषणा गरेर सरकारले विशेष कार्यक्रम ल्याउन अनुरोध गर्न चाहन्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार