जातीय रङ दिएर मधेशी जनताको एकता भत्काउन खोजिदैछ: प्रदीप यादव
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार १५:५६:२०
१८ असोज, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले मधेशमा धार्मिक तनाव फैलाउने षड्यन्त्र भइरहेको भन्दै विरोध जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले मधेशमा हिन्दु र मुस्लिम समुदाय सदियौंदेखि मिलेर बसेकामा अहिले उनीहरुबीच तनाव फैलाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘मधेशको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता हो । मधेश आन्देलनमा दुबै समुदाय मिलेर सँगसँगै रगत बगाएका छन् । तर धार्मिक द्वन्द्व फैलाएर मधेशी जनताको एकतालाई तोड्ने काम तिब्र गतिमा भइरहेको छ । यसले मुलुकलाई फाइदा गर्दैन’ उनले भने । मधेशमा मात्र नभई नेपाली समाजमा नै विभाजन र ध्रवीकरण ल्याउने प्रयासका कारण राष्ट्रिय सुरक्षामा जटिलता देखिएको पनि सांसद यादवले बताए ।
उनले द्वन्द्व चर्काउने र हिंसा भड्काउने अभिव्यक्ति दिने जोसुकैलाई कारबाही गर्न माग गरे । पुराना भिडियो काँटछाँट गरेर नयाँ घटनाको रुपमा प्रस्तुत गर्ने र सामाजिक सञ्जालमार्फत हिंसात्मक अभिव्यक्ति दिनेलाई पनि कारबाही गर्नुपर्ने यादवले बताए । ‘सामाजिक सद्भाव भड्काउने खालका सामग्री राख्ने सामाजिक सञ्जाल फेसबुक ट्विटर टिकटक बन्द गर्नुपर्छ’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
भद्रकालीबाट सुरु भयो एमाले जागरण सभाको र्याली
मंसिर ७, २०८१ शुक्रबार