तीन वटा जहाज खरिद प्रकृयाको प्रस्ताव प्रधानमन्त्रीको टेबुलमा
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार २२:१४:२९
१८ असाेज, काठमाडौं । पर्यटन मन्त्रालयले तीन वटा जहाज खरिदका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन वटा जहाज खरिद गर्नका लागि प्रस्ताव मागेपछि मन्त्रालयले नेपाल वायु सेवा निगम मार्फत पठाएको मन्त्रालय उच्च स्रोतले जानकारी दियो । सो प्रस्ताव यति बेला प्रधानमन्त्रीको टेबुलमा पुगेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री दाहालले निगमका लागि तीन वटा जहाज खरिद प्रकृया अघि बढाउन पर्यटन मन्त्रालयसँग प्रस्ताव मागेका थिए । सो प्रस्ताव गत बिहिबार मात्रै मन्त्रिपरिषदमा पठाएको स्रोतले जनाएको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका तथा चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर तीन वटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
सोही प्रस्तावको आधारमा पर्यटन मन्त्री सुदन किराँतीलाई प्रधानमन्त्रीले जहाज खरिदको प्रस्ताव ल्याउन निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार मन्त्रालयले जहाज खरिदको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा पठाएको हो । एयरबस ३२० र वाइडबडी ए ३३० जहाज खरिदमा लिएको ऋणको समेत समयमा किस्ता र ब्याज भुक्तानी गर्न नसकेको अवस्थामा सरकारले थप तीन वटा जहाज खरिद गरेर अन्तर्राष्ट्रिय उडान गर्ने भएको हो ।
मन्त्री किरातीले गत भदौमा नेपाल वायुसेवा निगम ट्वीनअटर जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका थिए । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा कसेको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिएका थिए । तर प्रधानमन्त्रीले एयरबस नै खरिदका लागि प्रस्ताव मागेका छन् ।
उनले ट्वीनअटर भन्दा एयरबस नै खरिद गर्न रुची देखाएको स्रोतको दावी छ । दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको र निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिने गरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको थियो । निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् ।
मन्त्रालयले दुई साता अघि जहाज खरिद गर्ने विषयमा अपौचारिक रुपमा छलफल गरेको स्रोतको दावी छ । प्रधानमन्त्री कार्यालयले जहाज खरिद गर्ने विषयमा राय समेत मागेको थियो । मन्त्रालयले नेपालको प्रचलित कानुन अनुसार नेपाल वायुसेवा निगमबाट प्रकृया अघि बढाउन मिल्ने राय दिएको थियो । प्रधानमन्त्री अमेरिका जानुअघि नै निगमका कार्यकारी अध्यक्ष अधिकरीले प्रधानमन्त्री दाहाल र पर्यटनमन्त्री सुदन किराँतीलाई समेत राखेर प्रधानमन्त्री कार्यालयमा निगमको वर्तमान अवस्था र दायित्वबारे ब्रिफिङ गर्दै तीन वटा जहाज खरिद गर्नुपर्ने आवश्यकता उल्लेख गरेका थिए । प्रधानमन्त्रीले त्यसैदिन जहाज खरिद गर्न सरकार तयार रहेको बताउँदै खरिद प्रस्ताव पठाउन मन्त्रीलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार