माडीमा जङ्गली हात्तीको आतङ्कले रातभरि जाग्राम बस्न बाध्य
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार १०:५१:५८
१९ असोज, चितवन । चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले स्थानीयलाई दुःख दिएका हुन् ।
विगत तीन दिनदेखि हात्तीको आतङ्कले स्थानीय रातभरि जाग्राम बस्नुपरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले बताए । दुई ट्रयाक्टर, एउटा जिपलगायत साधनको सहायताले हात्ती लखेट्ने काम भइरहेको उनले जानकारी दिए । सापकोटाले भने, “बिगत एक सातादेखि माडी क्षेत्रमा जङ्गली हात्तीको आतङ्क छ । यसलाई नियन्त्रणमा लिन सकिएको छैन ।”
असोज १४ गते हात्तीले एक जनालाई आक्रमण गरेको र उनको उपचार भइरहेको उहाँले बताउनुभयो । धान पसाउने समयमा हात्तीको आतङ्कले माडीवासी त्रसित छन् । हात्ती नियन्त्रणका लागि निकुञ्जले सेनाका अधिकृतको नेतृत्वमा टोली नै खटाएको छ । टोली पठाए पनि स्थान परिवर्तन गर्दै निस्कने गर्दा धानबालीमा क्षति पुर्याएको सापकोटाले बताए । अयोध्यापुरी र गर्दीमा हात्तीको आतङ्क बढी छ । निकुञ्ज नजिक जोडिएको क्षेत्रमा जङ्गली हात्तीले दुःख दिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार माडी क्षेत्रमा जङ्गली हात्तीले स्थानीयलाई समस्या बनाएको हो । उनले भने, “सम्साँझै हात्ती बस्तीमा पस्ने गरेको छ । यसले स्थानीय त्रसित बनेका छन् ।” निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका उपभोक्ता र स्थानीयले हात्ती धपाउने काम गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार