पाठेघरको क्यान्सर न्यूनीकरणका लागि सरकारले बजेटमा विशेष व्यवस्था गरिएको छः अर्थमन्त्री
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार १२:३९:४६
१९ असोज, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पाठेघरको क्यान्सर न्यूनीकरणका लागि सरकारले बजेटमा विशेष व्यवस्था गरेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले पाठेघरको क्यान्सर न्यूनीकरण सरकारबाट मात्र सम्भव नभएको उल्लेख गरे । निजी क्षेत्रको पनि उत्तिकै दायित्व रहेको उनको भनाइ छ ।
पाठेघरको क्यान्सर निवारण सरकारको प्राथमिकतामा रहेको उनले बताए । निजी र अन्तर्राष्ट्रिय सहयोग जुटाएर भए पनि त्यसविरुद्धको खोपको पहुँचमा महिलालाई पु¥याइने प्रतिबद्धता उनले जनाए ।
उनले भने, ‘धेरै महिला दिदीबहिनी क्यान्सरपीडित हुनुहुन्छ । सरकारले बजेटमा प्राथमिकता दिएर कार्यक्रम अघि बढाएको छ । भ्याक्सिनमार्फत नियन्त्रण गर्न सकिन्छ भनेर सबैलाई पहुँचमा ल्याउने प्रयास जारी छ । सरकारले आन्तरिक र बाह्य स्रोत जुटाएर भए पनि कार्यक्रम अघि बढाउँछौँ ।’
उनले आवश्यकताको प्राथमिकीकरण गरी समस्या समाधान गर्ने काम भइरहेको बताए । समस्या धेरै छन्, त्यसलाई पूरा गर्ने साधनस्रोत कम छ । त्यसैले समस्याको प्राथमिकीकरण गरेर अघि बढ्ने प्रयत्न भइरहेको छ, महतले भने । निजी क्षेत्रले पनि समस्या समाधान गर्न उलेख्य भूमिका खेलिरहेको उनले बताए । सरकारले मात्र गरेर सम्भव छैन । सबै सामाजिक दायित्व उत्तिकै छ । निजी क्षेत्रले पनि समस्या समाधान गर्न उल्लेख्य भूमिका खलेका छन्, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार