जैविक र प्राङ्गारिक खेती गर्न सिकाउँदै नाटक
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार १२:४१:२२
१९ असोज, तनहुँ । कृषिमा विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयमा शिल्पीकला समूह काठमाडौंले तनहुँमा ‘सट्टापट्टा’नामक नाटक प्रदर्शन गरेको छ । व्यास नगरपालिका–११ फराकचौरमा बिहीबार साँझ देखाइएको नाटकमा जैविक खेती गरी स्वस्थ शरीर बनाउन सन्देश प्रवाह गरिएको निर्देशक घिमिरे युवराजले बताए । खाद्यका लागि कृषि अभियानको सहकार्यमा नाटकलाई असोज १४ देखि २७ गतेसम्म प्रदर्शन गरिने छ ।
धेरै फलाउने नाममा माटो र बिरुवामा प्रयोग गरिने रासायनिक मल र विषादीले माटोको उर्वराशक्ति नष्ट हुनाका साथै मानव स्वास्थ्यमा समेत क्यान्सर, बाँझोपना जस्ता रोग लाग्ने बारेमा नाटक हेरेपछि गम्भीर भएको व्यास–११ का सन्तोष गोदारले बताए । आफू पनि माटो र पर्यावरण बचाउने अभियानमा जुट्दै प्राङ्गारिक खेती गर्नुपर्नेमा जोड दिँदै आएको उनले बताए ।
“धेरै फलाउने नाममा विषादीको अत्यधिक प्रयोगले हामीलाई नै असर गरिरहेको विषय नाटकले प्रस्ट पारेको छ”, गोदारले भने, “हामीले प्राङ्गारिक खेती गर्नुपर्छ भन्नेमा दुई मत छैन । हामी सबैको चेतना खुल्न आवश्यक छ ।”
नाटक हेरेपछि अधिकांश दर्शकले आफूहरूलाई विषादी र रासायनिक मलको प्रयोगका बारेमा जानकारी पाएकाले अबदेखि प्राङ्गारिक खेती अपनाउने प्रतिबद्धतासमेत व्यक्त गर्ने गरेको नाटकका निर्देशक घिमिरेले बताए ।
मानव स्वास्थ्य बचाउने एकमात्र विकल्प भनेको प्राङ्गारिक र जैविक खेती प्रणाली भएको सन्देश प्रवाह गर्न पनि तनहुँमा नाटक प्रदर्शन गरिएको वरिष्ठ पूर्वपत्रकार नारायण वाग्लेले जानकारी दिए । पत्रकार वाग्ले आफूले खेत र पाखो बारी गरी करिब ३० रोपनी क्षेत्रफलमा विगत तीन वर्षदेखि जैविक खेती प्रणाली अपनाउँदै आएको छ ।
“मानिसले कृषिमा गर्ने विषादीको प्रयोगले आफ्नै स्वास्थमा कसरी खेलबाड गरेको छ भन्ने सन्देश नाटकको मूल मर्म हो”, पूर्वपत्रकार वाग्लले भने, “अब रैथाने बीउबिजनको प्रयोग र प्राङ्गारिक खेती अपनाउन सबैलाई आग्रह गर्दछु । स्वास्थ्य आफैले बचाउने हो ।”
नाटक हेरेपछि आफूले अबदेखि ‘प्याकेट बन्द’ खान्की नखाने प्रतिबद्धता व्यक्त गरेको स्थानीय बाराही माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय राजन अधिकारीले बताए । “हामीले खाजाका रुपमा विद्यालयमा खाने प्याकेट बन्द खान्की त मन्दविष पो रहेछ”, नाटक हेरेपछि आफू गम्भीर भएको बताउँदै अधिकारीले भने, “अबदेखि प्याकेट बन्द गरिएको खानेकुरा नखाने प्रण गरेँ । बरु हामीले खाने मकै भटमास, गहुँका परिकार नै उत्तमखान्की रहेछन् ।”
गीति शैलीबाट प्रस्तुत गरिएको नाटकमा १० कलाकारले अभिनय गरेका थिए । सङ्गीता उराँव, स्मारिक फुयाल, सुशीला विश्वकर्मा, सुनिता गाहामगर, झकेन्द्र बिसी, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, ज्याक बराल, अनुप तिमल्सिना र प्रेमचन्द पाण्डेयले नाटकमा अभिनय गरेको छ ।
नाटकमा प्रत्यक्ष सङ्गीत स्मारिका फुयाल र अनुप तिमल्सिनाले दिएको छ । पुनम उराँवको भेषभूषा रहेको नाटकमा सामग्री निर्माण भने धनराज सुनार, जयप्रकाश ताजपुरिया र सुमित भण्डारीको रहेको छ । काठमाडौँ, लमजुङ र तनहुँमा देखाइएको नाटक अब पोखरा, चितवन, रौतहट, सिन्धुली, महोत्तरी, सुनसरी, मोरङ र झापामा देखाइने शिल्पीकला समूहले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार
कृषि उपजका लागी नेपाल किसान महासंघले माग्यो सरकारसँग अनुदान
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार