बर्दिबास अस्पतालमा शवपरीक्षण सुविधा सुरु भएपछि स्थानीयलाई सजिलो
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार १२:४३:३४
१९ असोज, महोत्तरी । बर्दिबास-२ स्थित बर्दिबास अस्पतालमा शवपरीक्षण सुविधा सुरु भएपछि स्थानीयलाई सजिलो भएको छ ।
“पोष्टमार्टम सामान्यतया अप्ठ्यारो परिस्थितिबीच नै हुने हो, यसअघि जलेश्वर अस्पताल वा प्रादेशिक अस्पताल जनकपुरमा उपलब्ध यो सेवा अबदेखि यहाँ पनि सुरुभएको छ”, बर्दिबास–१० खयरमाराका प्रेमध्वज लामाले भने । उनका अनुसार यो सेवाले बर्दिबाससहित औरही, भङ्गाहा, गौशाला र रामगोपालपुर नगरपालिका तथा सोनमा गाउँपालिकाबासी लाभान्वित हुनेछन् । साथै सर्लाहीका ईश्वरपुर, लालबन्दी, चन्द्रनगर र धनुषाको मिथिलासहितका स्थानीयका लागि पनि बर्दिबास अस्पतालमा थपिएको यो सेवाले राहत मिल्ने स्थानीयको भनाइ छ ।
“एक त आफन्तको असहज मृत्युले परिवारजन विह्वल रहन्छन्, यस्तो बेला पोष्टमार्टमका लागि टाढा जानपर्ने अवस्था खर्चिलो र झन्झटिलो हुँदै आएको थियो”, भङ्गाहा–४ का वडाअध्यक्ष गणेशप्रसाद महतो भन्छन्, “बर्दिबास अस्पतालले थालेको यो सेवा प्रशंसनीय छ ।”
भर्खरै शवपरीक्षण सेवा थालेको बर्दिबास अस्पतालले अब चाँडै यसअघि रोकिएको प्रसूति र शल्यक्रिया सेवा पनि सञ्चालन गरिने जनाएको छ । गत भदौ अघिसम्म सञ्चालनमा रहेको प्रसूति सेवा सञ्चालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार