एफवान सफ्ट ग्रुपसँग तीन राष्ट्रिय क्रिकेट खेलाडी ब्रान्ड एन्डोर्सरको रूपमा आबद्ध
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार १२:४६:४८
१९ असोज, काठमाडौं । एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले, तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर समारोह गरेको छ। एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरी सँग, सो खेलाडीहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको छ।
क्रिकेटरहरु सँगको यस सम्झौता हस्ताक्षर यहि असोज १८ गते एफवान सफ्ट ग्रुप का निर्देशक सुवास शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो।
यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको छ। एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडीहरूको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध छ।
खेलाडीहरूको आकांक्षालाई प्राथमिकता दिएर, यो साझेदारीले खेलाडीहरूको क्षमता लाई अझै सशक्त बनाउन खोजेको छ र यसो गर्दा, नेपाली क्रिकेट जगत कै उथ्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको छ। खेलाडीहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रिय स्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथ साथै सारा देशले गौरव गर्ने बाटोको सृजना हुने विस्वास यसै साझेदारी बाट झल्किएको छ।
एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माका अनुसार, “हामी हाम्रा राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस गर्छौं र उहाँहरुको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौं। यस साझेदारीको प्राथमिक उद्देश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो। यस्का साथै खेलाडीहरूलाई हाम्रो प्रयासको केन्द्रबिन्दुमा राखेर, नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्वलित गर्ने लक्ष्य हामीले लिएका छौँ ।
एफवान सफ्ट ग्रुप बारे
एफवान सफ्ट ग्रुप नेपालको अग्रणी फिनटेक समूह हो । १९ वर्ष भन्दा बढी सञ्चालन अनुभव १९ भएको यस ग्रुपले नवीन उत्पादनहरू र सेवाहरू निरन्तर आविष्कार गर्दै आएको छ। एफवान सफ्ट ग्रुप नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे र डिजिटल वालेट विकास गरेको हो। एफवान सफ्ट का उत्पादनहरू र सेवाहरू ६०ं बैंकहरू र वित्तीय संस्थाहरूका २० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूद्वारा प्रयोगमा छन्। संस्थाले समग्र नेपालीहरूलाई सजिलो, छिटो र सुविधाजनक तरिकाले औपचारिक डिजिटल वित्तीय इकोसिस्टममा प्रवेश गर्न सक्षम बनाउँदै आएको छ र अब विश्वभरका प्रयोगकर्ताहरूलाई यो उपलब्ध गराउने लक्ष्य लिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार