नेपालको इन्जिनियरिङ शिक्षा कमजोर छैन भन्ने प्रमाणित गर्यो नेक इन्जेनियमले
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार १२:५९:२६
१८असोज,काठमाडौं।नेपालमैगुणस्तरीय इन्जिनियरिङ शिक्षा हासिल गर्न सकिन्छ भन्ने कुरालाई चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले प्रमाणित गरेका छन् । कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले हासिल गरेको ज्ञान, सीप र कलाले नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षा हासिल गर्न सकिन्छ भन्ने देखिएको हो ।
कलेजमा अध्ययनरत विद्यार्थीहरूले हासिल गरेको ज्ञान र सीपलाई उजागर गर्ने उद्देश्यले आयोजित ‘नेक इन्जेनियम २०२३’ प्रदर्शनी तथा प्रतिस्पर्धामा विद्यार्थीहरूले प्रस्तुत गरेका इन्जिनियरिङ सामग्रीहरु कुनैपनि अन्तराष्ट्रिय प्रदर्शनी र प्रतिस्पर्धामा पुग्न सक्ने थिए । प्रदर्शनीमा सिभिल इन्जिनियरिङ, आर्किटेक्ट, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स, इलेक्ट्रिकल, सिभिल एण्ड रुरल तथा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरूले विषयगत सामग्रीहरू निर्माण गरेका थिए ।
प्रदर्शनीमा राखिएका स्टोरेज हाइड्रोपावर मोडल, एडभान्स भिलेज, स्पेस ट्रस, रोवोटिक्स, आर्ट म्युजिएम पोखरा, स्मार्ट सिटी, आर्क ब्रिज, सस्पेन्सन्स ब्रिज, बिम ब्रिजहरु प्रदर्शनीका आकर्षक थिए । ‘नेपाली विद्यार्थीहरूले यहिँ पढेर यत्तिको सीप र ज्ञान हासिल गर्न सक्दा रहेछन् । इन्जिनियरिङ पढ्न विदेश नै जानुपर्छ भन्ने रहेनछ ।’ प्रदर्शनी अवलोकन गर्न आएका कागेश्वरी मनहरा नगरपालिका–७ का नरेश भट्टले भने ।
बिहीबार कलेजमा आयोजित कार्यक्रममा कलेजका विद्यार्थीसँगै बाह्य इन्जिनियरिङ कलेज र कक्षा १२ पास गरेका साइन्स विद्यार्थीहरुले समेत आफुले बनाएका सामग्रीहरू प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीमा आन्तरिक तथा वाह्य गरी एकसय स्टलमा विद्यार्थीहरूले बनाएका सामग्रीहरू प्रदर्शन गरिएको थियो । नेक इन्जेनियम कार्यक्रम संयोजक विजय श्रेष्ठका अनुसार प्रदर्शनीमा ब्याच वाइज प्रोजेक्ट, ओपन प्रोजेक्ट, पोस्टर डिस्प्ले, रोबोटिक्स, पेपर ब्रिज डिजाइन, फास्टेस्ट कोडिङ प्रतियोगिता र ओपन साइन्स लगायतमा प्रतिस्पर्धा गराइएको थियो ।
त्यस्तै, कक्षा १२ का विद्यार्थीहरूको लागि ओपन साइन्स परियोजना प्रतियोगितासमेत राखिएको थियो । सहभागी प्रतियोगीहरु मध्ये सर्वोत्कृष्टलाई ३० हजारसम्मको पुरस्कार दिइएको छ । प्रदर्शनीमा विद्यार्थी, शिक्षक र अभिभावक गरी करिब ५ हजारले अवलोकन गरेका थिए । ‘नेक इन्जिनियर’ को अवलोकन गर्न राजधानीका केही कलेज, विद्यालयका विद्यार्थीहरूको उल्लेख सहभागीता रहेको भन्दै संयोजक श्रेष्ठले भने,‘हामीले छोटो समयमा तयारी गरेका भएपनि सहभागीहरूको उल्लेख्य उपस्थिति रह्यो । हाम्रा विद्यार्थीहरूले हासिल गरेको ज्ञान र सीपलाई उजागर गर्नका लागि कार्यक्रमले ठूलै सहयोग गरेको छ ।’
प्रदर्शनीको चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले उद्घाटन गर्दै नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ अध्ययन गर्ने राम्रो वातावरण भएको बताए । कलेजलाई देशकै उत्कृष्ट प्राविधिक कलेजको रुपमा विकास गर्ने योजना रहेको बताउँदै अध्यक्ष खत्रीले नेक इन्जेनियमले विद्यार्थीहरूले हासिल गरेको ज्ञान र सीपलाई उजागर गरेको बताए ।
यस्तै, कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई व्यवहारिक रुपमा बुझ्ने बनाउन प्रदर्शनीको आयोजना गरिएको बताउँदै यस्ता प्रतियोगिताहरूबाट विद्यार्थीको आत्मविश्वास पनि बढ्ने बताए । इन्जिनियरिङ अध्ययनका लागि नेकमा उत्कृष्ट वातावरण रहेको जनाउँदै कक्षा १२ पास गर्ने बित्तिकै विदेश नै गएर पढ्छु भन्नु उचित नहुने जिकीर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
दमक व्यापारिक कम्प्लेक्स
मंसिर २३, २०८१ आइतबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार