निर्माण व्यवसायीको बक्यौता ७० अर्बसम्म तिरि सकियो, बाँकी ७ अर्ब दशैंअघि नै भुक्तानी हुन्छः अर्थमन्त्री महत
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार १३:५५:४१
१९ असोज, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षको भुक्तानी गर्न बाँकी रकम दशैँअघि नै सरकारले भुक्तानी दिने बताएका छन् । उनले निर्माण व्यवसायीलाई करिव ७० अर्ब रकम भुक्तान गरि सकिएकाले बाँकी रकम दशैँ अगाडि नै भुक्तानी गर्ने बताएका छन् । महतले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइ सकेपछि दशैं अगाडि नै भुक्तानी हुने दाबी गरेका छन् ।
शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले असार मसान्तसम्ममा ६० देखि ७० अर्ब भुक्तानी भइसकेको र अब ६ देखि सात अर्ब जति बाँकी होला, त्यो सबै मन्त्रालयबाट विवरण आएपछि भुक्तानी हुने बताए । अर्थमन्त्री डा. महतले देशमा बाहिर आएजस्तो चरम आर्थिक संकट नभएको बताउँदै केही हदसम्म समस्या भए पनि बाहिर देखिएजस्तो आर्थिक संकट नभएको दाबी गरे ।
महतले राष्ट्र बैंकले ऋण प्रवाहको सही सदुपयोग नहुँदा समस्या आएको बताए । उनले सहज रूपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ, कहाँ आउँदैन नहेरी लगानी भएको र त्यसको असर अर्थतन्त्रमा देखिएको बताए । अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि नभएको भन्दै जसका कारण केही व्यवसायीलाई समस्या परेको अर्थमन्त्रीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार