मुगुको स्याउ नेपालगञ्जको गोदामै थन्कियो
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार १६:५९:२६
♦ खड्क सुनार
१९ असोज, मुगु । मुगुमा वर्षातको असिनाले यो वर्ष स्याउ उत्पादन कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको छ भने किसानले उचित मूल्यअनुसारको भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरू नेपालगञ्जमै थन्किएका छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमी आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा यो वर्ष उत्पादनमा निकै कमी आएको छ ।
परम्परागत खेती आलु, कोदो, जौबाट राम्रो आम्दानी नहुने भएपछि जिल्लाका अधिकांश किसानहरुले स्याउ खेती गदै आएका छन् । पुर्ख्यौली पेशालाई बिट मार्दै स्याउ खेतीमा रमाएकी ५० वर्षीया झुपु विक अहिले पनि स्याउ खेतीमै रमाउने गरेकी छन् । तर, यो वर्ष स्याउ नफल्दा दशैँ तिहार जस्ता चाडपर्वहरू कसरी मनाउने पिरलोमा छिन् ।
असिनाले जसोतसो जोगिएर उत्पादन भएका फलमा समेत दाना काला हुने समस्या देखिएको छ । जिल्लाका नियमनकारी निकायले स्याउसम्बन्धी प्राविधिक ज्ञान प्रदान नगर्नु, समयमै किसानहरूलाई समस्या समाधानबारे जानकारी नगरउँदा यस्तो समस्या आएको किसानको गुनासो छ । बिक्रीका लागि लगिएका मुगुका स्याउले भाउ पाएका छैनन् भने सबै स्याउहरू नेपालगञ्जमै थन्किएको स्याउ किसान हरिबहादुर भामले जानकारी दिए ।
मुगुका ताल्चा, पिन, रोवा, शोभा, बाम, सोरुकोट, खमाले, लमेरा, सेरी, जाम लगाएतका स्थानमा स्याउको पकेट क्षेत्र मानिन्छ । मुगुमा ३७५ हेक्टर क्षेत्रमा स्याउ उत्पादन हुने गरेकोमा यस वर्ष ९ हेक्टरमा उत्पादन भएको छ । यसलाई हेर्दा यस वर्ष ३ हजार ३ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष जिल्ला बाहिर स्याउ निर्यात हुँदा प्रतिकिलो ३५ रूपैयाँका दरले १ करोड १२ हजारभन्दा बढी रूपैयाँ कृषकहरूले हात पारेका थिए । तर, यो वर्ष अहिलेसम्मको रेकर्ड हेर्दा स्याउ निर्यातबाट ११ लाख ८१ हजार २५० रूपैयाँ मात्रै आम्दानी भएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्रबहादुर शाहीले बताए ।
स्याउ उत्पादनमा फड्को मारेका मुगुका किसान यो वर्ष गतिल्लोसँग स्याउ नफल्दा घर खर्च, छोराछोरीलाई पठनपाठनमा पनि समस्या पर्ने देखिएको छ । सरकारले कृषिमा करोडौं रकम खर्च त गरेको छ, तर किसानलाई आधुनिकतवरले खेती गर्ने वातावरण सृजना गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार