भैरहवा सिमाको चेक प्वाइन्टमा क्यासिनोका भ्यान विना चेकजाँच निर्बाध आउजाउ
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार ८:२९:४२
२० असोज, भैरहवा । बेलहियाबाट आउने प्रत्येक सवारीसाधन भैरहवासम्म आउदा ३-४ ठाँउमा चेकजाँच हुने भए पनि यस क्षेत्रमा संचालित क्यासिनोका अधिकांस गाडी प्रहरी चेक पोस्टमा विना चेकजाँच आउने गरेका छन् ।
सर्वसाधारणको गाडी भन्सार, वाइपास र डण्डा स्थित चेक प्वाइन्टमा अनिवार्य रुपमा रोकिए पनि भैरहवामा संचालित क्यसिनोका गाडी रोक्न भने न त सशस्त्र प्रहरीले हात दिने गरेको छ न त नेपाल प्रहरी नै । सामान्य सर्वसाधारणले बोकेका झोला पनि उसैगरी जाँचिन्छन् । तर क्यासिनो तथा होटेलका गाडीलाई भने सीमा क्षेत्रमा एक पटक पनि जाँच नगरी सीमा क्षेत्रमा सुरक्षाका लागि बसेको सशस्त्र प्रहरी र नेपाल प्रहरीले नै क्यासिनोका गाडीलाई निर्बाध आउजाउ गर्न दिइरहेका छन् ।
यस क्षेत्रमा करिब आधा दर्जन बढि होटलमा क्यासिनो संचालनमा छन । ती होटलका क्यासिनो संचालकले क्यासिनो खेल्न आउने र क्यासिनो खेलेर फर्कने भारतीय नागरिकलाई लक्षित गरी बेलहियासम्म गाडीको पिक एण्ड ड्रप सेवा दिदै आएका छन ।
बेलहियाको भन्सार अगाडि पार्किङ गरी राखिएको गाडीमा भारतिय नागरिकलाई होटल सम्म पुरयाउन र होटलबाट बेलहिया सम्म पुरयाउनका लागि ५–६ वटा भ्यान नियमित रुपमा चेक प्वाइन्टबाट ओहोर दोहोर गरेपनि सुरक्षा निकाय मुकदर्शक भएर बसेका हुन्छन । सीमा क्षेत्रबाट चार किलोमिटर दूरीमा रहेको भैरहवामा भारतीय ग्राहकलाई आकर्षित गर्न क्यासिनो खोलिएका हुन् ।
आइतबार राती ९ बजे विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका(१, डण्डाबाट सशस्त्र प्रहरी बल नेपाल 'प्रस्तावित गुल्म' ले २ वटा भ्यान रोकी चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा ती भारतिय नागरिकको साथबाट नेपालमा बन्देज गरिएको ५ सय दरका भारतीय नोट १२ लाख बरामद भएको थियो ।
अवैधानिक कार्य भएको सूचना पाएसँगै सशस्त्र प्रहरी नायब उपरिक्षकको कमाण्डमा खटिएको टोली ती गाडीबाट पूर्व सूचना अनुसार कै घटना बाहिरीए पनि बुधबार दिउसो एक घण्टाको स्थलगत रिर्पोटीङ गर्दा क्यासिनोको गाडी पटक पटक गरी १६ पटक ओहोर दोहोर गरेपनि न त सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको चेक प्वाइन्टले रोक्यो न त इलाका प्रहरी कार्यालय बेलहियाबाट वाइपासमा भएको चेक प्वाइन्ट ले नै ।
स्रोतका अनुसार क्यासिनो आउने भारतीय नागरिकहरु अधिकांस होटल आउदाँ नगद नलिइ आउने गरेका छन् । उनीहरुले होटल नजिकै रहेका भारतीय एजेन्टहरुबाट सिमित प्रतिशतसम्म अनलाइन मार्फत नगद लिने गरेका छन् । हुन्डी र सुनको कारोबारीहरुले क्यासिनोको गाडी मार्फत नगद ओसारपसार गर्ने गरेका छन् ।
क्यासिनो संचालकहरुले ग्राहकको सहजताका लागि पिक एण्ड ड्रप सेवा दिदै आएका बताउँछन । हामीहरूलाई पैसाको बारेमा थाहाँ हुदैन, होटलबाट सिमा र सिमाबाट होटल सकुसल पुर्याउने जिम्मा आफूहरूको रहेको उनीहरु बताउँछन ।
तर आइतबार भएको घटनामा लु २ च ७३५० नम्बरको होटल लाकौल र प्रदेश ०१-०२६ च ३६५२ नम्बरको नान्स होटलमा संचालित क्यासिनोको भ्यानमा अवैध काम भेटिएको छ । भ्यानमा सवार भएको तीनजना भारतिय र बरामद रकमको स्रोत खुलाउन नसके पछि सशस्त्र प्रहरीले राजश्व अनुसन्धान कार्यालय बुझाएको थियो ।
रकमसहित भारत महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी पक्राउ परेका थिए भने भ्यान आवश्यक पर्ने बेला हाजिर हुने गरी छाडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार