लेकसाइडको होटलबाट हाम्फालेका चिनियाँ पर्यटकको मृत्यु
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार १०:४५:३२
२० असोज, पोखरा । पोखरामा एक चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु भएको छ । पोखराको लेकसाइडस्थित एक होटलको तेस्रो तलावाट हामफालेका ती चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु भएको हो ।
गत बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फालेका चीनियाँ नागरिक ४१ वर्षीय सन ग्याङ्ग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
मध्यरातमा हाम फाले पछि गम्भिर घाइते भएका उनलाइ सुरुमा गण्डकी मेडिकल कलेजमा लगिएको तर त्यहाँ उपचार सम्भवः नभए पछि पोखरा अस्पताल लगिएको थियो तर उपचारको क्रममा नै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनको शुक्रबार दिउँसो निधन भएको हो ।
उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनी दुई हप्तादेखी सोही होटलमा बस्दै आएका थिए । उनले आत्महत्याको प्रयास गरेको हो कि चिप्लिएर लडेको हो ? भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार