रास्वपाले गठन गर्यो कार्यदल
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार ११:१०:३२
२० असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल सरकारका पुर्व सचिवसमेत राखेर एक अध्ययन कार्यदल बनाएको छ । हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न सो सो अध्ययन कार्यदल बनाएको हो ।
जसमा नेपाल सरकार पुर्व सचिवहरू शारदाप्रसाद त्रिताल, पूर्णचन्द्र भट्टराई, भागवत खनाल तथा पूर्व प्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारी र लिलाराज ढकाल (चार्टर्ड एकाउन्टेन्ट, पूर्व प्रशासक) सो कार्यदल सदस्यका रुपमा रहेका छन ।
पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार नेपाल उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने कार्यादेशका सहित अर्को कार्यदल पनि गठन गरिएको छ ।
जुन कार्यदलमा इन्जिनियर श्रीराम न्यौपाने, जो उर्जा तथा भूमिगत संरचना विज्ञ हुन, उनको संयोजकत्वमा अर्को कार्यदल बनाईएको हो । जुन कार्यदलमा नेपाल सरकार पुर्व सचिव ईन्जिनियर देबेन्द्र कार्की, उर्जा बिज्ञ डा सरोज अधिकारी सदस्यको रुपमा रहेका छन ।
साथै, पार्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा “नव–प्रवर्तन तथा स्टार्टअप विभाग” गठन गर्ने निर्णय पनि भएको प्रवक्ता ढकालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार