मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एकको मृत्यु
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार १६:२७:२
२० असोज, मनहरी 'मकवानपुर' । मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् आज बिहान त्रिभुवनराजपथ सडकखण्डमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ख ३९८७ नंको कन्टेनर मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालस्थित सडकमा दुर्घटना हुँदा चालक नुवाकोटको बेलकोट–५ का ४२ वर्षीय दीप श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
कन्टेनर मोडमा आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो । मृतक श्रेष्ठको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रवक्ता भण्डारीले बताए ।
त्यस्तै आज हेटौँडा–१८ ठूलोदमार चौक नजिकै अटोले स्थानीय सानुबाबु ब्लोनको छोरा ४ वर्षीय सन ब्लोनलाई ठक्कर दिँदा ब्लोन गम्भीर घाइते भएका छन् । घाइते ब्लोनलाई उपचारका लागि हेटौँडा अस्पतालबाट चितवन पठाएको प्रवक्ता भण्डारीले जानकारी दिए । उनका अनुसार बालकको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवन पठाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार