प्रहरीद्वारा २१ लाखको अवैध सामान बरामद
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार १७:११:२०
२० असोज, महेन्द्रनगर । प्रहरीले कञ्चनपुरमा रु २१ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट लुकीछिपी ल्याउने अवैध सामान नियन्त्रणमा प्रहरीले सक्रियता बढाएसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ ।
भारतसित सीमाना जोडिएको कञ्चनपुरमा ठूला व्यापारी नै भन्सार छलेर लाखौँको सामान ल्याउने गरेको पाएपछि पछिल्लो समय कञ्चनपुर प्रहरीले दिनहुँ छापा मार्न थालेको छ । दुई दिनयता जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–६ र १८ मा गोदाममा छापा मारेर भन्सार छलेर ल्याएको रु २१ लाख बराबरको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार गड्डाचौकी नाका हुँदै भारतबाट भन्सार छलेर ल्याएको सामान बरामद गरिएको हो । व्यापारी भुवन भाटको घरमा छापा मार्दा रु दश लाखको खाद्य तथा किराना सामान बरामद गरिएको उनले बताए ।
प्रहरी उपरीक्षक कमल थापाले भन्सार छलेर अवैध रुपमा सामान ल्याउने ठूला व्यापारीमाथि निगरानी बढाइएको बताए। सोही क्रममा प्रहरीले शुक्रबार महेन्द्रनगरका व्यापारी सुशील गुप्ताको गोदाममा छापा मारेको थियो । प्रहरीले गोदामबाट रु ११ लाख बराबरको सामान बरामद गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।
गड्डाचौकी भन्सार कार्यालयमा पाँच वर्षअघि स्थापना गरिएको उपकरण थन्क्याइएको छ । उक्त उपकरण सञ्चालनका लागि भन्सार कार्यालयले हालसम्म चासो देखाएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
डेङ्गु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
भदौ २८, २०८१ शुक्रबार
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजस्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार