अमेरिकाको अन्त्येष्टि गृहमा १०० भन्दा बढी शव सडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार १७:२८:१९
२० असोज, एजेन्सी । अमेरिकाको कोलोराडो राज्यको एक अन्त्येष्टि गृहमा एक सयभन्दा बढी सडेको शव फेला परेपछि अनुसन्धान सुरु गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
फ्रेमोन्ट काउन्टीस्थित पेनरोजमा रहेको रिटन टु नेचर फ्युनरल होममा बुधबार ती शव फेला परेका थिए । प्रहरीले ‘हरित’ अन्त्येष्टि सञ्चालकको भण्डारणलाई सूक्ष्मरूपमा अनुसन्धान गरेर अन्त्येष्टि गृहभित्रबाट कम्तीमा एक सय १५ सडेको शव फेला पारेको थियो ।
फ्रेमोन्ट काउन्टी सेरिफ एलन कुपरले पत्रकार सम्मेलनमा भने, “पछिल्लो ४८ घन्टामा मेरो कार्यालयले अत्यन्त डरलाग्दो खोज गरेको छ, अनुचितरूपमा शवहरू भण्डार गरिएको अन्त्येष्टि गृहको अवस्था भयावह थियो ।”
उनका अनुसार यस क्षेत्रका समुदायले धेरै प्रश्न र चिन्ता व्यक्त गरेका छन् । विशेषगरी आफ्ना प्रियजनलाई उक्त अन्त्येष्टि गृहमा सुम्पिएका परिवारले बढी चिन्ता व्यक्त गरेका छन् । उनले भने “हाम्रो प्राथमिकता र ध्यान ती परिवारप्रति छ ।”
फ्रेमोन्ट काउन्टी कोरोनर र्यान्डी केलरले पनि भने, “उक्त गृहमा प्रवेश गरेपछि हामीले अनुचितरूपमा राखिएका एक सयभन्दा बढी शव फेला पार्यौँ जसले भयानक दृश्य बनायो ।”
केलरका अनुसार काउन्टीमा आपत्कालीन सङ्कटकाल घोषणा गरिएको छ । उक्त घटना सम्बन्धमा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए । उनका अनुसार अनुसन्धान अहिले प्रारम्भिक अवस्थामा छ र अनुसन्धान प्रक्रिया लामो हुनेछ । अनुसन्धान र उक्त अन्त्येष्टि गृहको सफाइका लागि राज्यबाट सहयोग उपलब्ध गराउन कोलोराडोका गभर्नरले बिहीबार राति आपत्कालीन विपत्तिको घोषणा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार