कोशीमा ६ दिनभित्र सरकार गठनका लागि आह्वान, दुवै पक्षसँग सरकार बनाउने मत नहुँदा मध्यावधिको संकेत
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार २१:३७:२९
२० असोज, बिराटनगर । ६ दिनको समय दिएर कोशी प्रदेशका प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न समय दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजीनामा दिएपछि सरकार गठनका लागि आह्वान भएको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । २६ असोज (शुक्रबार) अपराह्न ५ बजेभित्र दाबी पेश गरिसक्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएपछि कोशीमा नयाँ सरकार गठन हुन लागेको हो ।
कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो मात्र खुलेको छैन, मध्यावधि नजिक पनि पुगेको छ । शनिबार विश्वासको मत लिनका लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिएका हुन् ।
कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । त्यसका लागि शनिबार बोलाइएको प्रदेशसभा बैठक बस्नुअघि एमाले संसदीय दलले राजीनामा दिने बाटो रोज्यो । राप्रपा बाहेकका दलले विश्वासको मत नदिने र त्यो अवस्थामा बहुमत नपुग्ने भएकाले एमालेले राजीनामाको बाटो रोजेको हो । यदि विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न कार्की अयोग्य हुने कतिपय कानुनविद्को तर्क थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार