एमाले उपत्यका विशेष कमिटीका पदाधिकारी सर्वसम्मत
नेपालबहस संवाददाता
असोज २१, २०८० आइतबार १०:२१:४
२१ असोज, काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा प्रेम कुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।
निर्वाचन समितिका संयोजक घनेन्द्र बस्नेतले अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत निर्वाचित भएको जानकारी दिए । पराजुली यसअघि पनि अध्यक्ष थिए । अधिवेशनमा अध्यक्ष पदमा चन्द्र रिजालको उम्मेदवारी परे पनि उनले फिर्ता लिएसँगै सर्वसम्मत नेतृत्व चयन भएको हो । अधिवेशनले पदाधिकारीसहित ७५ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ ।
पेसागत क्लस्टरमा भने सहमति जुटिनसकेकोले आइतबार सहमति जुटाएर नयाँ नेतृत्वको पूर्ण कमिटी घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजस्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार