जङ्गलमा उत्पादित अल्लो जीविकोपार्जनको प्रमुख स्रोत
नेपालबहस संवाददाता
असोज २१, २०८० आइतबार १२:२४:४३
२१ असोज, किमाथाङ्का 'सङ्खुवासभा' । सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ ।
उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ । अल्लो व्यवसायले धेरैलाई रोजगारसमेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको सभा नेपालकी कृष्णकुमारी राईले जानकारी दिइन् ।
उनले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छिन् । उनका अनुसार अल्लो व्यवसायसँग प्रत्यक्ष–अप्रत्यक्ष तीन सय बढी रोजगारमा जोडिएका छन् । सरकारले उद्यमीहरूका लागि प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान नदिएको आरोप उद्यमीको छ । बर्सेनि ग्रामीण भेगको जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन र सदुपयोगबाट दुर्गम भेकका स्थानीयको अल्लो व्यवसायबाट जीविकोपार्जनको प्रमुख स्रोत भएको उनको भनाइ छ ।
जिल्लाको माथिल्लो भेगमा पाइने अल्लोको धागोबाट उत्पादन भएको कपडाले जिल्ला देश तथा विदेशसम्म चिनाएको छ । अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको बजार पर्याप्त भएको हो । सङ्खुवासभामा त अल्लोका कुनै न कुनै कपडा प्रयोग नगर्ने मानिस भेट्न कठिन पर्छ । बाहिरी जिल्लाबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले नातेदार र साथीलाई अल्लोको कपडा र सामान उपहारस्वरूप लगिदिने चलन छ । जिल्लामा तीन दर्जन बढी अल्लो उद्योग व्यावसायिक रूपमा सञ्चालनमा छन् ।
अल्लो खेती २०४६ देखि व्यावसायिक रूपमा गर्न थालिएको हो । स्थानीय संस्कृतिसँग जोडिएको अल्लो उत्पादनको प्रवर्द्धन र विकास भइरहेको छ । पछिल्लो समयमा स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालय तथा देश विदेशका सङ्घसंस्थाबाट सहयोग र प्रवर्द्धनका कार्यक्रमले तीव्र विकासमा सहयोग पुगेको छ । अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट सङ्कलन गरेर पकाउँदै धागो बनाइन्छ । यसरी धागो बनाएपछि कपडा उत्पादन हुने र यो देशका विभिन्न बजार हुँदै अमेरिका तथा जापानसम्म निर्यात गरिन्छ ।
अल्लोको कोट रु तीन हजार, टोपी रु पाँच सय, सल रु सात सय, स्याण्डल रु पाँच सय, स्टकोट रु एक हजार पाँच सयमा बिक्री हुन्छ । मफलर, पर्स, चश्मा, ब्याग, लेडिज पर्स, लेडिज झोला र साइड झोला बनाउन अल्लो प्रयोग गरिन्छ । यीबाहेक कपडाबाट बन्ने प्रायः सबै सामान अल्लोबाट बनाउने र बिक्री गरिन्छ । गाउँमा बुनेका कपडा सदरमुकाम खाँदबारी हुँदै विराटनगरबाट काठमाडौँसम्मका डिपार्टमेन्टल, मिनी सुपर मार्केटमा पर्याप्त पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार