थारू महिलाले जितिया पर्व हर्षोल्लासका साथ मनाए
नेपालबहस संवाददाता
असोज २१, २०८० आइतबार १४:३१:३६
२१ असोज, चितवन । यहाँका थारू महिलाहरूले जितिया पर्व हर्षोल्लासका साथ मनाएका छन् । पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू समुदायको बाक्लो बसोबास छ । सन्तानको दीर्घायुका लागि विशेषतः महिलाले बस्ने व्रतका रुपमा चिनिने व्रत वा पर्व जितिया पर्व हो । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन मनाउने गरिन्छ । थारू कल्याणकारी सभा चितवनका सभापति ललित चौधरीका अनुसार यो व्रत वा उपवासका क्रममा जितवहान भगवान्को कथा र महिमा सुन्ने गरिन्छ ।
थारू महिलाहरुको ठूलो चाडका रुपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ । शनिबार थारू समुदायका महिलाहरु झाम्टा, नाच नाच्दै गीत गाउँदै जितिया मनाएका छन् । बिहानै नुहाएर बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू यो पर्व मनाउने गरेको उनले जानकारी दिए । जितिया आउनुअघि नै जिल्लाका थारू समुदायमा चहलपहल र रमझम सुरु भएको थियो ।
थारूहरूको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा यतिबेला जितियाको विशेष उल्लास छ । थारू समुदायका महिलाहरु खुल्ला तरिकाले चोकचोकमा झाम्टा, नाच नाच्दै गाउँदै जितिया मनाइरहेको उनले बताए । विगतका वर्षहरूमा झैँ यस वर्ष पनि बिहान दर खाएपछि महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाइलो गरिरहेको देख्न सकिन्छ ।
जिल्लाको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, भरतपुर महानगरपालिकाको मेघौली र माडीमा जितियाको रौनक हुने गर्दछ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । शुक्रबार सप्तमीको दिन भएकाले महिलाहरूले बिहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरी त्यसपछि मात्रै खानेकुरा खाएका थिए ।
अष्टमीको दिनमा महिलाहरू बिहानै नुहाएर सफा र चोखो कपडा लगाई पानी पनि नखाई निराहार ‘उपवास’ व्रत बसी झाम्टा नाच नाचेर मनाउने गरेको महिला अगुवा चन्द्रकुमारी चौधरीले बताए । महिलाहरू सांस्कृतिक वेषभूषा लगाई दिनभरि नै झाम्टा नृत्यमा झुमेर रम्छन् । बेलुकीपख व्रतालुहरू फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै व्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहेको उनले बताए ।
रूखको चारैतिर व्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही, चिउरा, बिहान भिजाएको मासको दाल र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौँ लगाएर सुनाउँछ । कथाले अनुशासित र संस्कार सिकाउने गर्दछ । कथा सकिएपछि सबै जना घर गएर ‘फलाहार’ गर्छन् । उनले भने, “भोलिपल्ट अर्थात् नवमीको दिन बिहानै सबै व्रतालु खोलामा नुहाएर निराहार प्रतिमूर्ति (जसलाई थारू भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडा र बेलपत्रले पूजा गर्छन् ।”
खोलाबाट घर आइसके पछि व्रतालुहरुले दही, चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खान्कीको केही अंश चढाएरमात्र खाने चौधरीले बताए । त्यसलाई ‘पारन’ भनिन्छ । यस दिन मासु भात पनि खाने प्रचलन रहेको छ । त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले मनाउने तीज जस्तै थारू समुदायले यो पर्वलाई महत्वका साथ मनाउने गरेका छन् ।
सन्तानको दीर्घजीवन, सन्तान प्राप्ति तथा परिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व छ । यो पर्वले महिलाहरूको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने काम गरेको छ । विशेषगरी विवाहित थारू महिलाले निराहार व्रत बसेर सूर्यलाई जितवाहन बाबाको नामले पूजा अर्चना गर्ने प्रचलन रहेको थारू कल्याणकारी सभा चितवनका सचिव सन्तकुमार चौधरी बताउँछन् । विवाह गरेर गएका महिलालाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ ।
विवाहित र अविवाहित दुवै महिलाहरूले यो पर्वमा व्रत लिन सक्छन् । विवाहितले श्रीमान् र आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्छन् भने अविवाहित महिलाहरूले जितवाहन जस्तै सुयोग्य पति प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ । चौबीस घन्टे लामो व्रतपछि मात्र महिलाहरू पानी पिउने गर्छन् । यस्तो कठोर व्रतबाट सूर्य भगवान खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिने विश्वास छ ।
यस पर्वलाई थारू विवाहित महिलालाई माइतमा ल्याई सुःख–दुःखका कुरा साट्ने अवसरका रूपमा लिइन्छ । वर्षौंसम्म आफन्तसँग भेटघाट गर्ने सङ्गमका रूपमा पनि यसलाई लिने गरिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुराउने गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकापुस्ताको भरमा ‘मारुनी नाच’
कात्तिक २३, २०८१ शुक्रबार
किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण
कात्तिक २३, २०८१ शुक्रबार
भक्तपुरमा तराईको झल्को दिने छठ पर्व सम्पन्न
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
कात्तिक २५, २०८१ आइतबार
सोमबारदेखि सुरु हुँदै कोप–२९, तयारीका लागि सम्मेलनस्थलमा नेपाली टोली
कात्तिक २५, २०८१ आइतबार
कालीकोट दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
सोमबार १२ बजेभित्र लाइन काटिएका उद्योगमा विजुली जोड्न उर्जा मन्त्रालयलाई मन्त्रिपरिषदको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
कात्तिक २५, २०८१ आइतबार
सिरहा कारागार प्रकरणको छानबिन गर्न समिति गठन
कात्तिक २५, २०८१ आइतबार