शेयरबजार ३५.६७ अंकले घट्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २१, २०८० आइतबार १५:३४:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/Share1630847301_iLDVYfmBLB_UxzQOrD94d.png)
२१ असोज, काठमाडौं । केन्द्रीय बैंकको नयाँ निर्देशनप्रति शेयरबजारका लगानीकर्ता बेखुशी देखिएका छन् । नयाँ निर्देशन जारीपछि आइतबार बजार खुलेको हो । तर यस दिन शेयरबजार परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंकमा आइपुगेको छ । १ अर्ब ८० करोड रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सबै समूह घटेका छन् ।
केन्द्रीय बैंकले गत बिहीबार साँझ एकीकृत निर्देशन संशोधन गर्दै सेयर धितो कर्जाको सीमा केही बढाउने निर्णय गरेको थियो । तर यसबाट लगानीकर्ता खुशी हुन सकेनन् । निर्देशनपछि आइतबार पहिलोपल्ट खुलेको खुलेको बजारले नकारात्मक प्रतिक्रिया दिएकाले लगानीकर्तामा उत्साह नभएको अनुमान लगाउन सकिन्छ ।
निर्देशन अनुसार शेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिका हकमा १५ करोड पुर्याइएको छ । यस्तै, सस्थागततर्फ १२ करोडबाट बढाएर २० करोड पुर्याइएको छ । लगानीकर्ताले शेयर धितो कर्जामा कायम १५० प्रतिशतको जोखिमभार १०० प्रतिशतमा झार्न अनि यस्तो सीमा पनि फराकिलो हिसाबले वृद्धि गर्न माग गरेका थिए ।
यस दिन २८९ कम्पनीको ५८ लाख १५ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । ६ करोड ७३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र नबिल बैंक परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार