कोशी कांग्रेसमा विवाद: थापालाई पन्छाएर मुख्यमन्त्री बन्न शीर्ष नेतादेखि दल मिलाउने कसरतमा कार्की
नेपालबहस संवाददाता
असोज २१, २०८० आइतबार १७:१९:२२
२१, असोज, विराटनगर । प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि कोशी प्रदेशको मुख्यमन्त्रीलाई लिएर नेपाली कांग्रेसभित्र चर्को विवाद सुरु भएको छ । मुख्यमन्त्रीबाट हिक्मत कार्कीले पदबाट राजीनामा दिएसँगै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दल भित्र विवाद सुरु भएको हो ।
कांग्रेस कोशी प्रदेशसभाको संसदीय दलका नेता उद्धव थापालाई राजीनामा दिन वा मार्ग प्रशस्त गर्न पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य केदार कार्की सक्रिय देखिएका छन् । उनी दुई हप्ता अगाडिदेखि मुख्यमन्त्रीका लागि लविङ गरिरहेका छन् । कोशी सरकारको नेतृत्व लिन कार्कीले कांग्रेसभित्रबाटै थापाविरुद्ध व्यापक दवाव सिर्जना गरिरहेका छन् । शीर्ष नेतासँग पनि कार्कीले चलखेल बढाएका छन् ।
मुख्यमन्त्री बन्ने कसरतमा लागेका नेता कार्की डा. शेखर कोइराला पक्षका हुन् । कृष्ण सिटौला समूहका थापालाई यसपटक पार्टी सभापति शेरबहादुर देउवाले पनि साथ नदिएको बुझिएको छ । कांग्रेसले कार्कीलाई मुख्यमन्त्री बनाउने भए अन्य दलहरूको पनि समर्थन रहने देखिएको छ । कार्की मुख्यमन्त्रीका उम्मेदवार भएर आए राप्रपाले पनि पनि साथ दिने बुझिएको छ ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन प्रक्रियामा थापाले अपनाएको तरिका र विधिलाई अदालतले खारेज गरेको र त्यसले कांग्रेस तथा गठबन्धनकै बदनाम भएको भन्दै कार्कीले पार्टीमा आफूले संसदीय दलको नेता पाउनुपर्ने र मुख्यमन्त्री बन्न पालो पनि पार्टीबाट आफ्नै भएको बताउन थालेका छन् । उनले दुई हप्ता अगाडि एउटा समुहलाई कोशी ब्यारेजको भ्रमण गराएर आफू मुख्यमन्त्रीका लागि लागिरहेको बताएका थिए ।
पछिल्लो राजनीति घटनाक्रमसँगै कांग्रेसभित्र अदालतले दुई पटकसम्म मुख्यमन्त्री थापाको कदमलाई खारेज गरि दिएपछि गठबन्धनमा आबद्ध माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समेत थापाको आलोचना गर्न थालेको छन् । कार्कीले कोइरालामार्फत उच्च तहमा दवाव बढाएका छन् । दुई पटकसम्म थापाले कुनै राजनीतिक वातावरण नबनाएकामा सभापति देउवा पनि असन्तुष्ट छन् ।
सिटौलाले पनि थापाका विषयमा देउवासमक्ष खास दवाव दोहोर्याउन नचाहेको देखिन्छ । सुझबुझपूर्ण ढंगले नेतृत्व नगरेकै कारण कोशी प्रदेश बजेट विहीन भएको र गठबन्धन घटकहरु समेत असफल भएको सन्देश गएको आरोप थापामाथि छ । कार्कीले शीर्ष नेताहरूको साथ पाउने सम्भावना पनि बढेर गएको छ । कार्कीले गठबन्धन दलभित्र वा गठबन्धन बाहिर सौहार्दपूर्ण सम्झौता गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार दिनुपर्ने बेलामा अव कांग्रेसले मुख्यमन्त्रीमा प्रस्ताव गर्ने व्यक्तिको चाल, चेहरा र चरित्रलाई हेरेर मात्रै अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार