इजरायल आक्रमणमा ज्यान गुमाएका नेपालीहरुको शव यथाशीघ्र नेपाल ल्याउन कांग्रेस नेता कोइरालाको आग्रह
नेपालबहस संवाददाता
असोज २२, २०८० सोमबार ९:३१:३०
२२ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हमासले इजरायलमा गरेको आक्रमणमा मृत्यु भएका नेपालीहरूको शव यथाशक्य छिटो नेपाल ल्याउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनामा घाइतेहरूको यथाशीघ्र उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरेका हुन् ।
उनले लेखेका छन्,‘इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारहरूमा गहिरो समवेदना प्रकट गर्दछु । मृतकहरुको शव यथाशक्य नेपाल ल्याउने प्रवर्धन गर्न सरकारसँग आग्रह गर्दछु । साथै घटनाका घाईतेहरुको यथाशीघ्र त्यस क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था मिलाउन तथा त्यस क्षेत्रमा रहेका अन्य नेपालीहरूलाई चाँडो भन्दा चाँडो सुरक्षित स्थानमा पुर्याउन सरकारसँग आग्रह गर्दछु । ’
यस्तै इजरायलको युद्ध ग्रस्त क्षेत्रमा रहेको नेपालीहरूलाई सुरक्षित स्थानमा पु¥याउन इजरायलस्थित नेपाली दूतावास, इजरायल सरकारसँग समन्वय गर्न आग्रह गरेका छन् । उनले हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारमा गहिरो समवेदनासमेत समेत व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार