अफगानिस्तान भुकम्प परी मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
नेपालबहस संवाददाता
असोज २२, २०८० सोमबार ११:११:२५
२२ असोज, काबुल । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
तालिबान सरकार अनुसार गहिरो आर्थिक संकटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ । अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात प्रान्तको हेरात सहरबाट २५ माइल अर्थात् ४० किलोमिटर पश्चिममा शनिबार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा अहिलेसम्म २ हजार बढीको मृत्यु भएको तालिबान सरकारले तथ्याङ्क सार्वजनिक गरेको छ ।
तालिवानका प्रवक्ता जबिहुल्लाह मोजाहिदले मृत्यु हुनेको संख्या २,०५३ जना पुगेको छ भने १,२४० जना घाइते भएको छन । उसका अनुसार अहिलेसम्म १,३२० घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको जानकारीमा आएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ ।
‘उद्धार टोली हेरात प्रान्तमा आइपुगेको छ । र खाना, पानी, औषधि र कपडाहरू पनि घटनास्थलमा पठाइएको छ,’ मोजाहिदले थपे । प्रारम्भिक भूकम्पको धक्का छिमेकी प्रान्त बद्घिस र फराहमा पनि महसुस गरिएको थियो र त्यसपछि धेरै पराकम्पन गएको थियो ।
संयुक्त राष्ट्रसंघको अघिल्लो मूल्याङ्कनले झन्डै १०० जनाको मृत्यु र ५०० घाइतेको सङ्ख्या कम भएको सङ्केत गरेको थियो। करिब ५०० घर ध्वस्त भएको र १ सय ३५ भवनमा क्षति पुगेको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले यसअघि जनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार