आजदेखि जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु, महिलावादी मुद्दा किनारा लगाउन सहज हुने
नेपालबहस संवाददाता
असोज २२, २०८० सोमबार १२:३६:२१
२२ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंमा आजदेखि पारिवारिक इजलास सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् ।
पारिवारिक इजलासले महिलावादी मुदुदा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाह सम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुनेछ । प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइका क्रममा पनि पारिवारिक अदालत तत्काल सम्भव नभएको भन्दै तत्कालका लागि पारिवारिक इजलास सञ्चालनमा ल्याउने बताएका थिए ।
उनले कार्यभार सम्हाल्ने क्रममा भने उत्यकका तीन जिल्लाबाट पारिवारिक इजलासको सुरुआत गर्ने घोषणा गरेका थिए । उनले सोमबार पारिवारिक इजलास शुभारम्भ गर्ने क्रममा आफ्नो घोषणा साकार हुन लागेको भन्दै खुसी व्यक्त गरे । पारिवारिक इजलासको महत्वबारे उनले महिलावादी भएका अंशमुद्दा, नाताका मुद्दाहरु, घरेलु हिंसासम्बन्धी मुद्दा हेरिने बताए ।
उनले भने, ‘बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका र अत्यन्त छिटो र छरितो रुपमा किनारा गरिदिनुपर्ने खालका देवानी प्रकृतिका मुद्दाहरुलाई एउटा डेडिकेटेड बेन्च, पारिवारिक इजलासको नामबाट शुभारम्भ गरौँ भन्ने उद्देश्य हो । यो सायद हाम्रो न्यायिक प्रणाली र इतिहासमा पनि पहिलोपटक नै हो ।’
प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘यसले विशेष गरी महिलावादी भएर चल्ने अंश मुद्दामा छिटो छरितो, चाँडो फैसला गर्न सक्छ भन्ने उद्देश्य हो । काठमाडौं जिल्लामा त धेरै मुद्दाको संख्या, धेरै लोड छ । तथापि, उहाँहरुलाई प्राथमिकता दिन नसकेर, उहाँहरुलाई हेरविचार गर्न नसक्ने स्थिति होला भनेर महिला, बालबालिकाका लागि एउटा फेमिली बेन्चको नामकरणबाट गरिएको छ ।’
उनले पारिवारिक इजलासले महिलाहरुको लागि केही न केही राहत दिने भन्द छिटो छरितो र विश्वास गर्न सकिने न्याय दिन सक्ने विश्वास व्यक्त गर्ने । यो सफल भए अन्य मुद्दा पनि हामी थप्न सक्छौँ, श्रेष्ठले भने । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले अभ्यासका क्रममा पारिवारिक मुद्दाको समूह बनाएर पेसी तोकिने जानकारी दिए ।
उनका अनुसार त्यसरी समूहमा पर्ने मुद्दामा गोला प्रणालीबाटै न्यायाधीश तोकिने छन् । अहिलेलाई पारिवारिक मुद्दा व्यवस्थापन गर्न मुद्दाको समूह बनाइन्छ । र, गोला प्रणालीबाट पेसी तोकिन्छ, दाहालले भने, डेडिकेटेड इजलास हुन्छ, तर डडिकेटेड न्यायाधीश भने ताकिने छैन । उनले गोला टिप्दा जसलाई पर्छ, उही न्यायाधीशले पारिवारिक मुद्दा हेर्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार