बीपी प्रतिष्ठानका ८० जना चिकित्सक आन्दोलनका लागि काठमाडौं हिँडेपछि बिरामीको विचल्ली
नेपालबहस संवाददाता
असोज २२, २०८० सोमबार १३:४०:३३
२२ असोज, सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक आन्दोलनका लागि काठामाडौं लागेका छन् । सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै सामूहिकरुपमा उनीहरू काठमाडौं हिँडेका हुन् । उनीहरुले स्वास्थ्य मन्त्रालयमा घेराउ र धर्ना दिन बीपी प्रतिष्ठान छाडेका हुन् ।
एकै पटक ८० भन्दा बढी चिकित्सकहरुले प्रतिष्ठान छाडेर काठमाडौं जाँदा प्रतिष्ठानमा उपचार सेवा प्रभावित भएको छ । प्रतिष्ठान छाडेर काठमाडौं जानेहरुमा सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरु रहेका छन् । बिरामी उपचार सेवा गर्ने मुख्य मेरुदण्ड उनीहरु नै हुन् । प्रतिष्ठानमा प्रोफेसर तहका चिकित्सक ३० जनाभन्दा कम रहेकाले उनीहरुबाट मात्र उपचार सेवा दिन नसक्ने अवस्था छ ।
समाजको आन्दोलनका कार्यक्रम अनुसार २२ गते सम्पूर्ण फ्याकल्टी सहकुलपति तथा स्वास्थ्यमन्त्री साथै कुलपति रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन काठमाडौं जाने, २३ असोजदेखि २५ सम्म स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा धर्ना दिने र २६ असोजसम्ममा आन्तरिक बढुवाका लागि रोकिएको अन्तर्वार्ता सुरु नगरे सामूहिक राजिनामा दिने रहेको छ ।
प्रतिष्ठानका डा. मुधुर बस्नेतले देशकै एक प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा रहेको प्रतिष्ठानमा वर्षौंदेखि बढुवाको प्रक्रिया अवरुद्ध हुँदा कतिपय शिक्षकहरुको सात वर्षदेखि बढुवा हुन नसक्दा त्यसकै कारण एकातिर योग्य शिक्षकहरुको पलायन बढ्दो रहेको बताए । कतिपय महत्त्वपूर्ण विभागहरुमा एक जना पनि प्रोफेसर नहुँदा पठनपाठनमा समेत असर पर्न परिरहेको र यही क्रममा शिक्षकहरुको पलायन भइरहेमा छिट्टै प्रतिष्ठानको पठनपाठन र सेवामा गम्भीर ह्रास आउने निश्चित भएकाले देशकै प्रमुख ननप्राक्टिसिङ संस्थालाई बचाउन आन्दोलन गर्न बाध्य भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण
पुष १, २०८१ सोमबार
धरानमा फस्टाउँदै सिद्रा व्यापार
पुष १, २०८१ सोमबार
पुस १ गते: लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
पुष १, २०८१ सोमबार
पत्रकार महासंघको कार्यसमितिमा को-को निर्वाचित भए ?
पुष १, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार