दशैंमा उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिने, ड्रोनबाटसमेत निगरानीको तयारी
नेपालबहस संवाददाता
असोज २२, २०८० सोमबार १४:२१:५६
२२ असोज, काठमाडौं । नेपाली प्रहरीले काठमाडौं उपत्यकामा दशैंलक्षित विशेष सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्थालाई कडा बनाउने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्रीले उपत्यकाका विभिन्न भिडभाड हुने स्थानमा पर्याप्त जनशक्तिको व्यवस्था गरी उच्च प्रविधिमार्फत सीसीटीभी,ड्रोन र गोप्रोबाट सुरक्षा निगरानी बढाउने बताएका हुन् ।
चाडपर्वमा हुने विभिन्न आपराधिक घटनालाई मध्यनजर गरी प्रविधिको सहायतामा नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्ति थप गरी पहिलो पटक प्रविधिमैत्री सुरक्षा दिन प्रहरीले तयारी गरेको उनको भनाई छ ।
उनले भने, ‘यात्रुहरूको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । भिडभाड बढी हुने स्थानहरुमा सीसीटिभी र ड्रोन लगायत उच्च प्रविधिको पहिलो पटक प्रयोग गरी उपत्यकामा सुरक्षा निगरानी गर्ने क्रममा छौ । ड्रोनबाट भीडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौं ।’
काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजना अन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको खत्रीले जानकारी दिए । उनले उपत्यकाको बसपार्क वरपर निगरानी गर्न आज मात्रै ३५ जना जनशक्ति खटाएको र बाँकी ५० को संख्यामा पनि थप गर्ने तयारी रहेको बताए । सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरू भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार