अध्ययन र कामका सिलसिलामा इजरायलमा रहेकालाई तत्काल उद्धार गर्न पीडित परिवारको सरकारसँग आग्रह
नेपालबहस संवाददाता
असोज २२, २०८० सोमबार १४:५६:४६
२२ असोज, काठमाडौं । इजरायलमा रहेकाहरुका परिवारले द्वन्द्वको चपेटामा परेका आफन्तहरूलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरूले परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर विष्टसहितका नौ जना विद्यार्थीहरूको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् ।
हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरू आक्रमणको सिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी चन्द्रा विष्टले बताइन् । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरू अध्ययनका लागि इजरायल गएका थिए ।
उनीहरूसँग आधा–आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले तनावमा रहेकाले सरकारले उनीहरूलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाइ गर्न नहुने पनि चन्द्राले बताइन् । उनले भनिन् ‘बच्चासँग हामी आधि–आधि घण्टामा कन्ट्याक्टमा छौं । उसले कुरा गर्न पाइरहेको छ । त्यस्तो कन्ट्याक्टलेस चाहिँ भएको छैन । हिजो रातिबाट युद्ध घोषणा भएकाले बच्चाहरू आत्तिइरहेका छन् ।’
नेपालीहरू बंकर रहेको स्थानबाट करिब २५५ किलोमिटर भित्र रहेकाले उनीहरूलाई यथाशीघ्र बंकरमा पठाउन पहल गर्नका लागि सरकारसँग आफन्तहरूले आग्रह गरिरहेका छन् । ‘छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार तनाव दिइरहेका छन् । फोन गरिरहेका छन् । सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरूलाई फिर्ता गराइदेउ सरकार;’ चन्द्राले भनिन् ।
पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल्ली सम्पर्कसमेत गराएका थिए । यता सरकारले पनि सो द्वन्द्वमा निधन भएका नौ जनाको शव र फसेकाहरूको उद्धारका लागि विमानलाई तयारी अवस्था राख्ने निर्णय गरिसकेको छ । सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्रमन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
कात्तिक २५, २०८१ आइतबार
कोपमा भाग लिन राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
कात्तिक २५, २०८१ आइतबार
नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल : वरिष्ठ नेता डा. शेखर कोइराला
कात्तिक २५, २०८१ आइतबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
कात्तिक २५, २०८१ आइतबार
सोमबारदेखि सुरु हुँदै कोप–२९, तयारीका लागि सम्मेलनस्थलमा नेपाली टोली
कात्तिक २५, २०८१ आइतबार
कालीकोट दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
सोमबार १२ बजेभित्र लाइन काटिएका उद्योगमा विजुली जोड्न उर्जा मन्त्रालयलाई मन्त्रिपरिषदको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
कात्तिक २५, २०८१ आइतबार
सिरहा कारागार प्रकरणको छानबिन गर्न समिति गठन
कात्तिक २५, २०८१ आइतबार