इजरायली सेनाद्वारा हमास नियन्त्रित क्षेत्रबाट अलपत्र अवस्थामा रहेका ३२ नेपाली विद्यार्थीको उद्धार
नेपालबहस संवाददाता
असोज २२, २०८० सोमबार १९:५०:२२
२२ असोज, काठमाडौं । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएकाहरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।
हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको बताइएको छ ।
उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको बताइएको छ ।
उद्धार गरिएकाहरूको नाम कार्यरत कृषि फर्म र नेपालको ठेगाना
सुस्मा रेग्मी – रचमिम कृषि फर्म – बान्निगढी जैगढ २, अछान
रचना चौधरी – रचमिम कृषि फर्म –टीकापुर १, कैलाली
आशा मिश्र – रचमिम कृषि फर्म –लम्किचुहा ९, कैलाली
कल्पना जोशी – शोह्रसिम कृषि फर्म – गोदावरी २, कैलाली
शिला कुमारी यादव – शोह्रसिम कृषि फर्म – बढियाताल ३, बर्दिया
साधना बोहरा – शोह्रसिम कृषि फर्म – त्रिवेणी ५, सल्यान
बिपिन सुवेदी – त्रिपुर ५, दाङ
लोकेन्द्र बिष्ट – बेनी अमार कृषि फर्म – मष्टामाण्डु ८, डडेल्धुरा
रोहित नायक – बेनी अमार कृषि फर्म – टीकापुर ६, कैलाली
निरञ्जन कुमार कुसहवा – बेनी अमार कृषि फर्म – पिपरीया ४, रौतहट
अरबिन कुमार चौधरी – बेनी अमार कृषि फर्म – दोधारा ९, कैलाली
रमेशबहादुर कार्की – बेनी अमार कृषि फर्म – बडिमालिका ७, बाजुरा
बिनोद प्रसाद शाह – बेनी अमार कृषि फर्म – गढिमाई ४, रौतहट
आभास भट्टराई – बेनी अमार कृषि फर्म – टीकापुर १, कैलाली
नरेश सिंह भण्डारी – बेनी अमार कृषि फर्म – कृष्णपुर २, कञ्चनपुर
उपेन्द्र जिसी – बेनी अमार कृषि फर्म – टीकापुर ९, कैलाली
ओमप्रकाश उपाध्याय – डेभिडियन कृषि फर्म – धनगढी २, कैलाली
गणेश साउद – डेभिडियन कृषि फर्म – लम्कीचुहा १, कैलाली
बादल सुवेदी – डेभिडियन कृषि फर्म – घोराही ४, दाङ
प्रविण जिसी – डेभिडियन कृषि फर्म – सिम्ता २, सुर्खेत
गणेशप्रसाद जोशी – डेभिडियन कृषि फर्म – मेलौली ५, बैतडी
नबिन घिमिरे – डेभिडियन कृषि फर्म – बंगलाचुली ३, दाङ
श्रेया तिवारी – डेभिडियन कृषि फर्म – रत्ननगर ४, चितवन
बिपना जोशी – डेभिडियन कृषि फर्म – लम्किचुहा ७, कैलाली
नारायण भुसाल – डेभिडियन कृषि फर्म – पयुं ५, पर्वत
मनिषा खनाल – डेभिडियन कृषि फर्म – रेसुंगा २, गुल्मी
लुईस रिजाल – डेभिडियन कृषि फर्म – गेरुवा ६, बर्दिया
प्रमोद भट्ट – कादोस कृषि फर्म – मेलौली ९, बैतडी
अनुप अधिकारी – कादोस कृषि फर्म – कमलामाई २, सिन्धुली
समपर्ण आचार्य – कादोस कृषि फर्म – तुल्सिपुर १२, दाङ
निश्चल पाण्डे – कादोस कृषि फर्म –टीकापुर १, कैलाली
बिभुसा अधिकारी – रचमिम कृषि फर्म – भरतपुर १५, चितवन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार