जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न पहल गर्ने, मृत्यु भएकाको शव यथाशक्य छिटो नेपाल झिकाउने
नेपालबहस संवाददाता
असोज २२, २०८० सोमबार २०:१४:१६
२२ असोज, काठमाडौं । राजनीतिक दलहरुले सरकारलाई इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थलमा लैजाने गरी उद्धारमा गम्भीर भएर लाग्न सुझाव दिएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।
आज साँझ सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सत्तापक्ष र प्रतिपक्ष भन्ने नभइ जनताको पक्षमा उभिने निष्कर्ष निकालेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । स्वदेश फर्किन चाहानेहरुलाई तुरुन्तै जहाज पठाएर नेपाल ल्याउने प्रबन्ध गर्न पनि माग गरेका छन् । इजरायलको युद्धमा फसेका नागरिकलाई उद्धारमा ढिलाइ गर्न नहुनेमा दलहरूको जोड छ ।
सरकारले इजरायलमा नेपालीहरु मारिने गरी भएको घटनाबारे छलफल गर्न सोमबार आयोजना गरेको सर्वदलीय बैठकमा सरकारले मन्त्रिपरिषदबाट भएका निर्णय र सरकारी प्रयासहरुबारे जानकारी गराएका थिए । बैठकमा दलका नेताहरुले सरकारलाई निर्णयहरुलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गरेको नेकपा माओवादीका संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।
नेपाली कांग्रेसको प्रमुख सचेतक रमेश लेखकले जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न पहल कदमी लिन सरकारलाई अनुरोध भएको र मृत्युवरण गरेकाहहरुको शव यथाशक्य छिटो नेपाल झिकाएर परिवारजनलाई बुझाउन पनि सरकारलाई दलहरुले ध्यानाकर्षण गराएको बताए । इजरालयमा थप हुनसक्ने घटनालाई ध्यानमा राखेर त्यहाँको सरकारसँग कुटनीतिक पहलमार्फत सुरक्षाका विषय सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिइएको बताए ।
फर्किन चाहनेको नामावली छिटो संकलन गरेर फर्काउनुपर्ने उनले बताए । माओवादीका सचेतक पाण्डले सर्वदलीय बैठकले १० जना नेपालीको निधन हुने गरी भएको इजरायलका घटनामा सबै देश र पार्टी एकै ठाउँमा छ छन् भन्ने सन्देश दिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार